- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनलमा पुगेको छ । शनिबार मेलेसियाको नेगेरी स्टेडियममा भएको सेमिफाइनलमा लोओसलाई टाइब्रेकरमा ३–०ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
पहिलो हाफअघि १–० ले पछि परेको नेपाललाई दोस्रो हाफ लगत्तै विमल घर्तीमगरले हेडमार्फत गोल गदै लयमा ल्याए । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०४औं मिनेटमा हेमन गुरुङको पासमा अनन्त तामाङले गोल गरे ।
त्यसपछि लाओसका चाम्पाथोङले व्यक्तिगत दोस्रो गोल गदै खेल २–२ को बराबरीमा ल्याए । अतिरिक्त समय २–२ को बराबरी भएपछि टाइब्रेकरमा नेपालका गोल रक्षक किरण चेम्जोङले दुई उत्कृष्ठ बचाउ गरे ।
टोलीलाई जिताएका किरण नायक सिद्ध भए । टाइमा नेपालका तीनै खेलाडीले गरेका प्रहार क्रस भए । यो संगै नेपालले एएफसीले आयोजना गर्ने कुनै पनि औपचापरिक प्रतियोगिताको फाइनलमा पुगेको इतिहास रचेको छ ।
यसअघि तीन पटक दक्षिण एसियाली खेलकुदको स्वर्ण जितेको नेपाल यसपटक औपचारिक प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनलमा नेपालले अब अर्को सेमिफाइनल विजेतासँग खेल्ने छ । अर्को सेमिफाइनल मकाउ र ब्रुनाइबीच हुँदैछ
यस्तो भो संघर्ष
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भयो । खेलको १८औं मिनेटमा डिफेन्सको कमजोरीले गोल खाएको नेपालले ४७औं मिनेटमा बराबरी गर्यो । भरत खवासको क्रसमा विमल घर्तीमगरले गोल गर्दै टोलीलाई लयमा ल्याए । त्यसपछि आफुले गरेको प्रहार खेर गएपछि तनावमा परेको नवयुगलाई लाओसका खेलाडीले उठाउन खोज्दा उनले उनैलाई झम्टेका थिए । झगडा केही बेरमै साम्य भयो ।
निर्धारित समयको खेलपछि थपिएको ३० मिनेटको खेलको १४औं मिनेटमा गोल गर्दै अनन्त तामाङले नेपाललाई जितनजिक ल्याए । उनले हेमन गुरुङको पासमा हेडमार्फत गोल गरे । यद्यपि, अतिरिक्त समयको खेल सकिन ३ मिनेट बाँकी छँदा डिफेन्सको कमजोरीले नेपाल गोल खान पुग्यो । खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गाेल गरे । जहाँ किरण चेम्जोङले लाओसका खेलाडीका दुबै प्रहार सजिलै रोके । टोलीलाई जिताए ।
नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकालाई हराएको लाओस मकाउसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो ।