arrow

‘लुट’ निर्देशक निश्चलको नायिकासँग इन्गेजमेन्ट

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Nischal-Engage.jpg.jpeg
काठमाडौं । सुपरहिट फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरेका छन् । उनले फिल्म ‘होस्टेल रिटर्नस’की अभिनेत्री स्वस्तिमा खड्कासँग लगनगाँठो कस्नका लागि सोमबार इन्गेजमेन्ट गरेका हुन् । 

केही समय अघि सञ्चारमाध्यममा पछिल्लो फिल्म ‘टलकजंग भर्सेज टुल्के’का निर्देशक समेत रहेका निश्चलको स्वस्तिमासँगको विवाह प्रसंगबारे समाचारहरु बाहिर आईरहेका थिए । जुन कुरालाई उनीहरुले खुलेर स्वीकारिसकेका थिएनन् ।

उनीहरुले सोमबार पारिवारिक जमघटबीच इन्गेजमेन्ट गरेका हुन् । कोही पनि फिल्मकर्मीलाई उनीहरुको इन्गेजमेन्टको बारेमा जानकारी नभए पनि सामाजिक सञ्जाल फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक भएपछि मात्र सबैले यो गोप्य कुरा थाहा पाएका थिए । विवाहको मिति फागुन ५ लाई तोकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ