मुरारकाको एक सय चालीस रोपनी जग्गामा माओवादीले गाड्यो झण्डा

प्रकाशित मिति : २०७३ कार्तिक २७ शनिबार
बनेपा। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गाडेको झन्डा शनिबार प्रहरीले हटाएको छ । 
 
अरुको जग्गामा माओवादीले जबर्जस्ती गर्न खाजेको भन्दै त्यहाँ गाडेको झन्डा हटाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । 
 
माओवादीले अरबौँको कर छली गरी मुरारकाले राष्ट्रिय हितविपरीत काम गरेको आरोप लगाउँदै महँगी बढाउने र कालोबजारीमा भूमिका निर्वाह गरेकाले जग्गामा झन्डा गाडेको जिकिर गरेको छ । सो जग्गाको क्षेत्रफल १४० रोपनी भएको बताइएको छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ