arrow

आइतबार बन्द किन ? : के भन्छन् माइला लामा ? (अन्तर्वार्ता)

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
mailal-lama-voice-new.jpeg

आइतबारको बन्दबारे नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका केन्द्रीय सदस्य, तथा काठमाडौँ जिल्ला इन्चार्ज, माइला लामा यसो भन्दछन् ।

नेपाल बन्द किन ?
राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थियौँ । भेटमा जिम्मेवारपूर्ण अभिब्यक्ति दिएका प्रधानमन्त्रीले व्यवहारमा गैरजिम्मेवार बनेपछि नेपाल बन्द गर्नु परेको हो ।

बन्द गरेपछि राज्यले तपाईँहरुको माग पूरा गर्छ ?
राज्य आफ्ना नागरिकप्रति जिम्मेवार हुनैपर्छ । नागरिकको बाच्ने अधिकारको रक्षा गर्नुपर्ने हो तर राज्य गैरजिम्मेवार छ । हामीले नागरिकको तर्फबाट राज्यलाई जिम्मेवार बनाउन उद्देश्यले बन्दको आयोजना गरेका हौँ । आफ्नो अधिकारको लागि नागरिकको शान्तिपूर्ण संघर्षको उच्च रुप बन्द हो । हामीले त्यही शान्तिपूर्ण आन्दोलनको उच्च रुप अपनाएका हौँ । यदि राज्य अझ पनि जिम्मेवार नभए नागरिकले नेपाल बन्दभन्दा ठूलो संघर्षको रुप अपनाउन बाध्य हुनेछन् ।

बन्दको विकल्पमा कुनै अर्को संघर्षका कार्यक्रम गर्न सकिँदैन ?
जनताको गुनासोसँग हामी पनि सहमत छौँ । यो बन्दको आयोजना गर्नुभन्दा हामीले पार्टीमा बहस–छलफल गरेका थियौँ । गैरजिम्मेवार राज्यलाई यो भन्दा अर्को संघर्षका कार्यक्रममा नछुने भएका कारण नेपाल बन्द गर्न बाध्य भएका हौँ । यो कुनै ब्यक्ति वा समूहको विषय नभएर आम नागरिककै अधिकारसँग सम्बन्धित विषय हो । अर्को कुरा नागरिकले एक दिनको दुःखले अधिकार पाए भने त सधैको लागि हुन्छ। त्यसैले राज्यलाई दवाव सिर्जना गर्न आइतबारको नेपाल बन्द सफल पार्नुपर्छ ।

खाद्य सम्प्रभुता त एनजिओ र आइएनजिओहरुले पहिले नै उठाएको विषय हो । तपाईँहरुले प्रचारको लागि यो विषय उठाउनु भएको भनिन्छ ?
त्यो गलत हो । एनजिओ र आइएनजिओले त नागरिकका नाममा डलर ल्याउने र नयाँ धनाढ्य बन्ने उद्देश्यले खाद्य सम्प्रभुता विषय उठाइरहेका छन् । यो राज्य वा राजनीतिक पार्टीहरुले उठाए मात्र समाधान हुने विषय हो । त्यसैले एनजिओ र आइएनजिओहरु पहिलो उठाए पनि अहिलेससम्म समस्या उस्तै छ । नागरिकलाई केही राहत भएको छैन । प्रचारको लागि यो विषय उठाए भन्दा हामीमाथि अन्यय हुन्छ । सरकारले खाद्य सम्प्रभुताको ग्यारेण्टी गरेको भए उसैको प्रचार हुन्थ्यो । अथवा सरकारमा रहेका राजनीतिक पार्टीहरुले उठाएपनि त हुन्थ्यो नि । उहाँहरुकै उहाँहरुकै लोकप्रियता बढ्ने थियो । राज्य र राज्य संचालन गरिरहेका राजनीतिक पार्टीहरुल अलपत्र छाडेर नागरिकलाई हैरानी पारेका कारण हामीले उठाउन बाध्य भएका हौँ ।

बन्दको बेफाइदा ख्याल गर्नु भा छ ?
हामीले नागरिकको दैनिक जीवनसँग जोडिएको विषयमा नेपाल बन्द गर्न लागेका छौँ । एक दिनको दुःखभन्दा अधिकार ठूलो कुरा हो । नागरिकको बाच्न पाउने आधारभूत अधिकार प्राप्तिको लागि विहान पाँच बजेदेखि साँझ पाँचसम्म नेपाल बन्दसम्म आयोजना गरिएको नेपाल बन्दमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।
–प्रस्तुती दिपेन्द्र रावल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ