arrow

लिम्बुवानको चक्काजाम फिर्ता

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
dhankuta_view_01.jpg.jpeg
धनकुटा । लिम्बुवानले पूर्वी नेपालका नौ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन चक्काजाम सोमबार बिहानदेखि फिर्ता लिएको छ । 

सरकारसँग भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले हिजोदेखि अनिश्चितकालीन चक्काजाम आवह्वान गरेको थियो । 

नाकाबन्दी र तराई बन्दले सर्वसाधारणमा परेको मारलाई मध्यनजर गर्दै चक्काजाम फिर्ता लिई आन्दोलनलाई परिमार्जन गरिएको सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जेन्टल लावतीले बताए । बन्द फिर्ता भएसँगै सवारी सञ्चालन हुन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ