arrow

जीप चोरेर भाग्दै गरेका २० वर्षे युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
gobinda-pariyar-kaskipolice.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जीप चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ खाल्टेमसिनाका वर्ष २० का गोविन्द परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार गएराति १ः३० बजे पोखराको अमरसिंहचोरमा पार्किङ गरिराखेको ग२च २३४३ नम्बरको बलेरो जीप चोरेर भाग्दै गरेको अवस्थामा परियारलाई पक्राउ गरिएको हो ।

उनी उक्त जीप चलाएर हिंड्दै गरेको अवस्थामा पोखरा १४ को मसिनतरामा भेटिएका थिए ।

जीप हराएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले परियारलाई जीपसहित पक्राउ गरिएको डीएसपी विकले बताए ।

परियारबिरुद्ध चोरी तथा डाँकासम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ