arrow

पढ्ने उमेरमा जेलमा बस्न बाध्य छन् बालबालिका

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
child-jail.png
रोल्पा । जिल्ला कारागार शाखा रोल्पामा चार नाबालक आमासँगै कैदी झैँ जेल जीवन बिताउन बाध्य रहेका छन् । 
 
विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका चार महिला कैदीले आफ्ना ती नाबालकलाई कारागारमा आफूसँगै राख्न बाध्य भएका छन् । 
 
यसरी कारागारमा कैद जीवन बिताउने बालबालिकामा रुकुमकी मीरा विक, रोल्पा इरिवाङका हुकुम पुन, थवाङका शक्तिमान पुन र थवाङकै आशा परियार रहेको कैदी हुकुम बुढाले बताए । 
 
छोरी पढाउन दाङ कारगारमा सरुवा मागेको भए पनि रोल्पा सरुवा गरेका कारण छोरीको भविष्य अन्धकार भएकामा दुखेसो पोखिन् रुकुम घर भएकी कैदी लगन विकले । 
 
आमा अपराधमा संलग्न भएपछि बालबालिकाको घरमा रेखदेख गर्ने मान्छे नहुँदा उनीहरु जेलमा बस्न बाध्य हुँदै आएको बताइन्छ । 
 
पाँच वर्षमुनिका यी बालबालिका शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकारबाट वञ्चित हुनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आचार्यले बताइन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ