arrow

पुर्ननिर्माण विद्येयकसहित सबै कुरा प्याकेजमा हुनु पर्छः यादव

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
neta.jpg.jpeg
काठमाडौ । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले चार बुँदे प्रस्तावले मुलुकको समस्या समाधान नहुने भन्दै नाकाबन्दी आफूहरुले नखोलेको बरु अझै कडा पार्ने चेतावनी दिए ।  रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुको माग पुरा नभएसम्म नाकाबन्दी नखोल्ने भन्दै बुधवार बस्ने मोर्चाको बैठकले आन्दोलन अझै शसक्त पार्ने बताए । 

काग्रेसले प्रस्तुत गरेको संविधान संसोधन विद्येयकमा आफूहरुको सहमति नभएको भन्दै अब पुर्ननिर्माण विद्येयकदेखि आफूहरुको माग पुरा प्याकेजमै गर्न दवाव दिने बताए ।  उनले भने,‘ अब पुर्ननिर्माण विद्येयक पास गर्ने निर्णयमा पनि पुर्नविचार गछौ श्र सबै अब प्याकेजमै हुनु पर्छ । 

यादवले तीन दलले मुलुककालाई चक्रब्यूहमा फसाएको आरोप लगाउँदै आफूहरुको अहिंसात्मक आन्दोलनलाई बेवास्ता गरे गंभिर अवस्था आउन सक्ने चेतावनी दिए । उनले भने,‘कमजोरी ठाने ठूले भुल हुन्छ ।’ नेपाली काग्रेसका नेता डा. मिनेन्द्र रिजालले नाकाबन्दी नखुलेसम्म प्राधिकरण विद्येयक मात्रै पारित गरेर भुकम्प पीडित जनतालाई के कागजको छानो र ओछ्यान दिने भनि प्रश्न गरेका छन । 

प्राधिकरण विद्येयक पारित गरेर मात्रै हुँदैन । नाकाबन्दी पनि खुल्नु पर्छ । नाका नखुलेसम्म विद्येयक मात्रै पारित गरेर के पीडितलाई कागजको छाना र ओछ्यान दिने हो । पुर्ननिर्माण गर्न त सामान ल्याउनु पर्ला ।’ क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा  रिजालले एमाले नेतृत्वले लिएको बाटो र नीति र प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार भएर अरुलाई सराप्न नछाडुन्जेलसम्म समस्याको समाधान नहुने ठोकुवा गर्दै भने,‘ प्रधानमन्त्री जी उखान टुक्का राख्न छाड्नुस, जिम्मेवार बन्नुस ।’

उनले पहिला कार्यसूचिमा रहेको संविधान संसोधन विद्येयक किन कार्यसूचिबाट हटाएको भन्ने आफूहरुको प्रश्न भएको भन्दै प्राधिकरण विद्येयक निर्माणमा त्यती हतार भएको हो भने तीन महिनाअघि विद्येयक पेश गर्दा किन नहुनेको भनि प्रश्न गरे ।  नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले विद्येयक पास गर्ने नियत भए दुई सेसनको बैठक राखेर पेश गर्न सकिने भन्दै अहिले काग्रेस समस्या समाधान भन्दा पनि समस्या अल्झाउन लागि परेको आरोप लगाए । उनले संसद अवरुद्ध हुँदा धेरै कुरा अवरुद्ध हुने तर्फ सचेत गराउँदै एमालेको राष्ट्रिय कार्यकर्ता भेलाले नै संविधान संसोधन विद्येयक पारित गर्ने निर्णय गरिसकेकोले यसमा शंका नगर्न आग्रह गरे ।

ज्ञवालीले सीमांकन राजनीतिले भन्दा पनि विज्ञहरुले गर्ने काम भएकोले अहिले गर्न नसकिने भन्दै नाकाबन्दीले मधेसी मोर्चाको माग पुरा नगर्ने र हित पनि नगर्ने स्प्ष्ट पारे ।  उनले भने,‘ फरक मत हुँदैमा देश बन्द गर्नु पर्ने तरिकाले देश चल्न सक्दैन । अहिले सबै दलवीच एकता हुनु आवश्यक छ । नेपाली काग्रेसको नेतृत्वले उ प्रतिपक्षमा पुग्यो । सामान्य अवस्थामा मात्रै सत्तापक्ष र प्रतिपक्ष हुन्छ । अहिले मुलुक सामान्य अवस्थामा छैन ।’

ज्ञवालीले अहिलेको समस्या देश भित्रको भएकोले बाहिर समाधान खोजेर नहुने भन्दै दलहरुले बुद्धी नपुर्याए मुलुकको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिए । उनले भारतले छिमेकी मित्र राष्ट्र नेपाललाई पछाडी बाट छुरा हानेको भन्दै भारतलाई आवश्यकता भन्दा बढी विश्वास गर्दा अहिलेको परिणाम भोग्नु परेको बताए । 

नेकपा क्रान्तिकारी माओवादीका सचिव देब गुरुङ्गले भारतीय नाकाबन्दीका विरुद्ध सबै दलहरु एक हुनु पर्नेमा जोड दिदै अब भारतसँगको सम्बन्धलाई पुर्नपरिभाषित गर्न सबै असमान सन्धी सम्झौता खारेज गर्नु पर्नेमा जोड दिए ।  उनले अहिलेको मुलुकको समस्या समाधानकोलागि सहमति खोज्न नसके मुलुकको अस्तित्व संकटमा पर्ने चेतावनी दिदै मधेसीका अधिकांश माग जायज रहेकोले त्यसलाई पुरा गर्नु पर्ने बताए । 

गुरुङ्गले सबै पक्ष लचक भएर समस्याको समाधान गर्नु पर्ने भन्दै त्यसपछि भारतको चासो प्रष्ट हुने दावी गरे । उनले सहमतिमा संविधान जारी नगर्दा सबैले स्वामित्व ग्रहण नगर्दा समस्या आएको दावी समेत गरे । गुरुङ्ग सरकारलाई मुलुकमा ब्याप्त  भ्रष्टाचार र कालावजारी विरुद्ध कडा कारवाही थाल्नु पर्नेमा सुझाव दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ