एजेन्सी ।भ्रामक विज्ञापन खेले बापत कलकार माथि लाग्ने सजायमा केहि कम हुने भएको छ । भारतका मन्त्रिहरुको एक समूहले दोषी पाइएका कलाकारलाई जेल सजा नदिएर ३ बर्ष प्रतिबन्ध लगाउन सिफारिस गरेको छ ।
वित्तमन्त्री अरुण जेटलीको अध्यक्षतामा सो सम्बन्धि नियम बनाउन एउटा मन्त्री समूहको गठन गरिएको हो। ग्राहक सुरक्षा विधेयक-२०१५ मा अतिरिक्त संशोधनका लागि उपभोक्ता मामिलाको मन्त्रालय मन्त्रिमण्डलको अनुमति लिनेछ ।
लोकसभामा ३० बर्ष पुरानो ग्राहक सुरक्षा कानूनलाई परिवर्तन गर्न सो विधेयक पहिले नै बोर्डमा पठाइएको छ । उपभोक्ता मामिला मन्त्री रामविलास पासवानकले उक्त विधेयकलाई १६ नोभेम्बर बाट सुरु हुने शीतकालीन सत्रमा समर्थन मिल्नेमा आशाबादि रहेको बताए ।