- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । बेलायती समाचार संस्था बीबीसीले हरेक वर्ष अफ्रिकी एक खेलाडीलाई दिँदै आएको अर्वाडको लागि पाँचजनाको मनोनयन सार्वजनिक गरेको छ ।
‘बीबीसीले हरेक वर्ष अफ्रिकन फुटबल वर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको छ । मनोनयनमा पर्नेमा म्यान्चेस्टर सिटीका याया टुरेसँगै अन्य पाँचजना रहेका छन् ।
टुरे गत वर्षको अफ्रिकन वर्ष खैलाडी घोषित भएका हुन् । उनी हालसम्स दुईपटक सो अवार्डबाट सम्मानित भइसकेका छन् । टुरे आइभेरीकोष्टका हुन् । जर्मन क्लब बोरुसिया डर्टमुण्डका अबामेयाङ समेत मनोनयनमा परेका छन् । उनले डर्टमुण्डका लागि २०१६ मा २६ गोल गरिसकेका छन् । अबामेयाङ अफ्रिकी मुलुक गोबन राष्ट्रिय टोलीबाट पनि खेल्छन् । इङ्गलिश क्लब लेस्टर सिटीका रियाद मारेज पनि मनोनयनमा परेका छन् । मारेज अल्जेरियन हुन् ।
यस्तै, वेस्ट हाम युननाइटेडका आन्द्रे अयु पनि अवार्डको मनोनयनमा परेका छन् । निकै आकर्षक प्रदर्शनका कारण अयुलाई वेस्ट ह्यामले कीर्तिमानी रकम खर्चेर स्वान्सीबाट अनुबन्ध गरेको थियो । स्वान्सीका लागि अयुले सिजनको समाप्तीसम्म १२ गोल गरे । अयु घानाका हुन् ।
इङ्गलिश क्लब लिभरपुलका साडियो मेन अर्वाडका लागि अर्का मनोनित खेलाडी हुन् । लिभरपुलले मेनलाई भित्र्याउन निकै मोटो रकम खर्चेपछि मेन सर्वाधिक रकममा अनुबन्ध हुने पहिलो अफ्रिकी खेलाडी भएका थिए । मेन सिनेगलका हुन् ।
विजेताको टुंगो समर्थकहरुको भोटिङबाट गरिने छ । समर्थकहरुले नोभेम्बर २८ सम्म भोटिङ गर्नसक्ने छन् ।