arrow

आधा किलो सुनसहित दर्जी विमानस्थलबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
tribhuvan-international-airport-2079-08-04.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
      
कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । 

कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए । 

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताए । 

बरामद भएको सुन दर्जी आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ