arrow

गाविसका कर्मचारीले देशभरका गाविस ठप्प पार्ने

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
gabisa.jpg.jpeg
काठमाडौ । गाँउ विकास समिति कर्मचारी संघ नेपालले निजामति कर्मचारी सरहको सेवा सुविधाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले आगामि पौष ५ गते पाँचै विकास क्षेत्रमा क्षेत्रीय भेला आयोजना गर्ने, ६ र ७ गते हातमा कालो पट्टी बाधेर काम गर्ने, ८ गते ललितपुर जिल्लाका सम्पूर्ण गाविस बन्द गर्ने , ८ देखि १० गतेसम्म देशभरीका गाविसमा पेन डाउन गर्ने , ११ गतेदेखि अनिश्चितकालिन स्थानीय निकाय बन्द गराउने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विक्रम महर्जनले पहिलो चरणको आन्दोलन जारी रहँदा समेत आफूहरुको माग पुरा नगरे पौष १४ गते केन्द्रीय समितिको बैठक बसेर अझै कडा दोस्रो चरणको आन्दोलन घोषणा गर्ने चेतावनी दिए ।  उनले सरकारले स्थायी नियूक्ती पत्र दिए पनि सरकारी कर्मचारी भन्दा अत्यन्त न्यून सेवा सुविधा पाएको भन्दै अहिलेकै अवस्थामा गाविस कर्मचारीहरु भोकै मर्न सक्ने अवस्था रहेकोले यसमा सरोकारवालको ध्यान जान जरुरी रहेको बताए । 

बरिष्ठ उपाध्यक्ष अंकीलाल भट्टले सरकारको स्थानीय सरकारको रुपमा काम गरेर सरकारको प्रतिनिधित्व गराईरहने गाविस कर्मचारीलाई राज्यले हेला गर्दा यसले समग्र प्रशासनमा सुधार आउन नसक्ने भन्दै गाविसका कर्मचारीलाई बाच्न सक्ने अवस्था निर्माण गरेर त्यसले मुलुकलाई नै फाईदा गर्ने विश्वास ब्यक्त गरे । 

संघले निजामति कर्मचारी सरह तलब, भत्ता, सुविधा हुनु पर्ने, कर्मचारी कल्याणकोषको ब्यवस्था मन्त्रालयले गर्नु पर्ने, स्थानीय निकायका कर्मचारीको अभिलेख शाखामा गाविस कर्मचारीको अभिलेख राख्नु पर्ने, गाविस अनुदान ५० प्रतिसत बृद्धि गर्नु पर्ने, सहमति कार्यान्वयन गर्नु पर्ने, लगायतका रहेका छन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ