arrow

भारत भ्रमण फलदायीः अध्यक्ष महतो

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Rajendra-Mahato.jpg.jpeg
वीरगन्ज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ता र संवादप्रति अहिले पनि गम्भीर नभएको आरोप लगाएका छन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका ११ बुँदे मागप्रति सरकार र प्रमुख विपक्षी दल संवेदनशील भएको देखिएका छैनन्, सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

मधेस आन्दोलनप्रति सरकारले फैलाएको अफवाह चिर्न मोर्चाका शीर्षस्थ नेताले हालै भारत भ्रमण गरेको उल्लेख गर्दै उनले आपूmहरुको भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको उल्लेख गरे ।  अध्यक्ष महतोले राज्यबाट शोषित, पीडित र बहिष्कृत मधेसीले अधिकार प्राप्तिका लागि आन्दोलन गरिरहेकाले यसलाई अन्तर्राष्ट्रिकरण गर्नमा सहयोग र समर्थन गर्न भारतीय सरकार र त्यहाँको नागरिकलाई आग्रह गरिएकोे बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ