arrow

भारतलाई इङल्याण्डको टक्कर, पहिलो टेष्ट बचाउन भारतलाई हम्मे

logo
प्रकाशित २०७३ कार्तिक २८ आइतबार
india-cricket.jpeg
राजकोट । भारतले इङल्याण्डसंगको पहिलो टेष्ट क्रिकेटमा बराबरी गर्न सफल भएको छ । भारतको राजकोटमा भएको खेलमा ३१० रनको विजयी चुनौती पछ्याउने क्रममा भारतले ६ विकेटको नोक्सानमा १७२ रन बनायो । कप्तान विराट कोहली र रविन्द्र जडेजाले साझोदारी गर्दै टिमलाई बचाए । कोहलीले ४९ तथा जडेजाले ३२ रन जोडेर अविजित रहे । 
 
यसअघि इङल्याण्डले पहिलो इनिङमा बेन स्टोक्स, जो रुट र मोइन अलीको सतकमा ५३७ रन बनाएको थियो भने भारत ४८८ रनमा समेटिएको थियो । 
 
जवाफमा इङल्याण्डले ३ विकेटको क्षतिमा २६० रन बनाउँदै भारतलाई ३१० रनको चुनौती दिएको थियो । ११७ रन तथा ३ विकेट लिन सफल इङल्याण्डका मोइन अली म्यान अफ द म्याच घोषित भए । पाँच खेलको श्रृंखलाको दोस्रो खेल १७ नोभेम्बरदेखि हुनेछ ।
 



नयाँ