arrow

छ जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
juwa-pokhara.jpg

पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार साँझ पोखराको राष्ट्र बैंक चोकस्थित समिता खाजा घरबाट ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्ने पोखरा-७ राष्ट्रबैकचोक बस्ने वर्ष ४५ की खाजा घर सञ्चालक समिता आले, राष्ट्रबैक चोक बस्ने वर्ष ४५ को रमेश वारिक, पोखरा-७ मासवार बस्ने वर्ष ४७ को सागर थापा मगर, पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, पोखरा महानगरपालिका वडा नं ७ बस्ने वर्ष ५२ का शुकबहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका वडा नं. ७ घर भई जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर रहेका छन् ।

उनीहरुको साथबाट ४३ हजार ६ सय ५५ रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय बैदामकै हिरासतमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ