arrow

वार्ता सार्थक बनाउन सहयोग गर्छु–नेता भट्टराई

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
babr.jpeg.jpeg
रुपन्देही (तिलोत्तमा) । नयाँ शक्ति निर्माणका संयोजक डा बाबुराम भट्टराईले मधेसी मोर्चासँग सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताएका छन् । 

उनले सरकारले तराई–मधेस आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न आफूले सहयोगीमा रुपमा काम गर्न तत्पर गरेको बताए । 

नयाँ शक्ति निर्माण अभियान रुपन्देही जिल्ला भेला आयोजक समितिले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले मुलुकको असहज परिस्थितिलाई समाधान गर्न आफू संवेदनशील रहेको बताए । 

सरकार मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गरी छिटो निकास दिन गम्भीर नभएको आरोप लगाउँदै उनले यही अवस्था लम्बिदै गए स्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनीसमेत दिए । 

आफूले नेतृत्व गरेको नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार हुने उनको दाबी थियो । उनले भने, “नयाँ शक्तिलाई सोच, विचार, कार्यशैली सबै हिसाबले जगैदेखि नयाँ बनाउने प्रयत्न हुनेछ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ