arrow

साग स्वर्णधारी सुनिल अमेरिकामा निर्णयक बन्ने, बी श्रेणीको लाईसेन्स हातमा

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
shunil-lama-USA.jpeg

काठमाडौं । एघारौं दक्षिण एशियाली खेलकुदका स्वर्णधारी सुनिल लामाले कुमुते तर्फको बी श्रेणीको निर्णायक लाईसेन्स पाएका छन् । सुनिल हाल अमेरिकामा छन् ।

युएसए राष्ट्रिय कराते महासंघले आयोजना गरेको दुई दिने निर्णायक सेमिनारबाट उनी सफल भएका हुन् । सेमिनार कार्तिक २६ र २७ गते संचालन भएको थियो । अब सुनिलले अमेरिकामा आयोजना हुने कराते प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न पाउने कराते प्रशिक्षक एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठले जानकारी गराए ।

प्रशिक्षक श्रेष्ठका अनुसार अमेरिकाको न्यूयोर्कमा २८ र २९ गते आयोजना हुने फिका युएसए खुला कराते च्याम्पियनसिपमा १७ औं एशियान गेमकी कास्य पदकधारी विमला तामाङले व्यक्तिगत कातामा प्रतिस्पर्धा गर्ने भएकी छन् । सो प्रतियोगितामा सुनिल लामाले निर्णायकको भूमिका निर्वाह गर्ने समेत श्रेष्ठले जानकारी गराए ।



नयाँ