काठमाडौं । जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनलाई टाढाबाटै निगरानी र हेरचाह गर्न सकिने अत्याधुनिक ‘टेलिम्याटिक सिस्टम’ जेसीबी लाइभलिंक नेपालमा सार्वजनिक गरेको छ ।
‘जेसीबी लाइभलिंक' एक टेलिम्याटिक मनिटरिङ सिस्टम हो जसले मेसिनहरुको निगरानी गर्न र मेसिनको उत्कृष्ट प्रयोगलाई सहज पुर्यउदछ। यो प्रविधि नेपालमा पहिलो पटक भित्रिएको कम्पनीले दाबी गरेको छ । एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने , ‘यो प्रविधिले जेसीबी मेसिनहरुको सर्भिस, अपरेसन र सेक्युरिटी (एसओएस)बारे महत्वपूर्ण जानकारी दिन्छ ।’’
जेसीबी लाइभलिंक पहिल्यै संचालनमा रहेका जेसीभी ब्याकहो लोडरहरुमा पनि रेट्रोफिटिङ गर्न सकिन्छ । यो प्रविधिको प्रयोगसँगै मेसिन चोरिमा भूउपग्रहका माध्यमबाट ट्रयाक गर्न सकिनेछ । लाइभलिंकले मेसिन रहेको वास्तविक स्थान पहिचान गरी भूउपग्रह र मोबाइल फोन प्रविधिबाट सूचना पठाउँछ । साथै, मेसिन कति समय चल्यो, इन्धन खपत कति भयो र मेसिनको अवस्था कस्तो छ ? भन्ने जानकारी पनि यसले दिन्छ । यो सबै सुविधा वेबसाइट वा मोबाइल फोनमार्फत पाउन सकिने कम्पनीले जारी गरेको विज्ञाप्तीमा छ ।