arrow

भू.पू विद्यार्थीद्धारा १० लाख ५१ हजार सहयोग

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
20151211_135959---Copy-(2).jpg.jpeg
कौरव खत्री, गुल्मी । गुल्मीको कुर्घा गाउँ विकास समितिमा  वडा नं. ५ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयको लागि  विद्यालयका भूतपूर्व विद्यार्थी घनश्याम शर्माद्धारा १० लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेका छन् । कुर्घा ४ निवासी हाल रोजगारीको शिलशिलामा बेल्जियममा रहनुभएका  शर्माले आफ्नी माता  डिलादेवि  पंगेनी शर्माकोे नामबाट विद्यालयमा डिलादेवि  पंगेनी सभा हल निर्माणको लागि उक्क्त आर्थिक सहयोग गरेको विद्यालयका प्राचार्य रामबहादुर थापाले जानकारी दिए । 

विद्यालयको ४९  औ बार्षिकउत्सवको अवसरमा भने  भूतपूर्व विद्यार्थी शर्माले सोही अवसरमै नगद ४ लाख १ हजार रकम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर खड्कालाई हस्तान्त्रण गरे ।  आर्थिक सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा नयाँ आयाम थपेको भन्दै  आज देखि स्वर्ण बर्षको शुभारम्भ भएकोले विद्यालयको सहयोगको लागि शौजन्य बर्ष घोषणा गरिएकोले विद्यालयप्रति  आ आफ्नो क्षमता अनुसारको सहयोग गर्न सबैलाई  प्राचार्य थापाले आग्रह समेत गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ