arrow

एएफसी सोलिडारिटी कप फुटबलः भर्जिन उपाधिका लागि नेपाल तयार

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
a.jpeg
सरावाक । मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेर नेपालले भर्जिन उपाधि जित्न चाहन्छ । 
 
उपाधिका लागि फाइनलमा मंगलबार साँझ ५ः१५ बजे नेपालले मकाउसंग कुचिङको सरावाक मैदानमा खेल्दैछ । 
 
समूह चरणमा नेपालले बु्रनाइलाई ३–० ले हराउँदा लाओससंग गोलरहित बराबरी खेलेको थियो । 
 
 
 
त्यस्तै नेपालले सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले पराजित गर्दै एसियाली स्तरको प्रतियोगितामा पहिलो पटक फाइनलमा ठाउँ बनाएको हो ।
 
खेलअघिको प्रिम्याच कन्फ्रेन्स्मा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक क्योतोकु कोजीले पहिलो प्रतियोगिताको पहिलो च्याम्पियन बन्न टिम उत्सुक भएको बताएका छन् । 
 
टिम उच्च मनोवलमा रहेको भन्दै उपाधिका लागि मकाउ बाधक बन्न नसक्ने पनि उनको तर्क छ । 
 
सानातिना समस्या बाहेक अहिले नेपाली टिममा कुनै ठूलो समस्या नभएकाले नेपालले जित बाहेक केही पनि नदेखेको उनको भनाइ छ । 
 
कोजी भन्छन्, जीत सजिलो अवश्य हुँदैन तर गा¥हो पनि छैन । यसपटक उपाधि जित्न नेपाललाई ठूलो मौका भएको कोजीको प्रतिक्रिया छ ।
 
त्यसो त मकाउका प्रशिक्षक टम आओ सानको भनाइ अझ रोचक छ । उनी भन्छन्, ‘हामीहरुको लक्ष्य नै सेमिफाइनलसम्म पुग्ने मात्र थियो, अचम्मसंग फाइनलमै पुग्दा हामीले धेरै पाएजस्तो भएको छ ।’ 
 
यति भनिरहँदा उनले नेपाली टिम बलियो रहेको र लयमा पनि भएको स्वीकारे । उनी भन्छन्, ‘शुन्य चिन्तामा खेल्नुको मज्जा नै बेग्लै हुँदोरहेछ, खेलाडीहरु कुनै चिन्तामा छैनन्, दबाबमा छैनन्, बिना दबाब खेल्दा सतप्रतिशत खेल्न सकिन्छ ।’
 
सानले जसरी मकाउले सेमिफाइनल जित्यो त्यसरी नै अन्तिम मिनेटसम्म नेपाललसंग भिडेर उपाधि जित्न पनि सकिने प्रतिक्रिया दिए । 
 
उनको यो भनाइले नेपाललाई भने केही दबाबमा पारेको छ । त्यो पनि जित्नैपर्ने दबाब । 
 
के छ नेपाल र मकाउको हेड टु हेड–
नेपाल र मकाउले आपसमा पाँच खेल खेलेका छन् । तीमध्ये नेपालले तीन खेलमा जित हासिल गरेको छ । एक खेल बराबरी गरेको छ , एक खेलमा हार बेहोरेको छ । 
 
गोल गर्नमा पनि नेपाल अगाडि देखिएको छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ । 
 



नयाँ