arrow

असहाय, असक्त र बेसहाराका लागि बैतडीमा कपडा बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
kapada-bank-baitadi.jpg

काठमाडौँ। बैतडीको दशरथचन्द न.पा.४, शाहिलेकमा कपडा बैंक सञ्चालनमा आएको छ । 

यही माघ १ गते देखि कपडा बैंकको उद्घाटन गरेसँगै सञ्चालनमा आएको माया घर नेपाल बैतडीका संयोजक महेशदत्त भट्टले बताए ।

‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर, अभियानमा सहभागिता जनाऔँ’ भने उद्देश्यसहित अनाथ तथा असहाय बालबालिकाहरूलाई न्यानो लुगा दिएर कपडा बैंकको शुभारम्भ गरिएको भट्टले बताए ।

माघ १ गते देखि नै कपडा बैंकका लागि कपडा सङ्कलन शूरु गरिएको थियो । महेश दत्त भट्ट, हेमबाबु लेखक, मोहित भण्डारी र विवेकनन्द पाण्डेयले मिलेर कपडा बैंक सञ्चालन गरेका हुन् ।

बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका बेसहारा, आङ ढाक्न एकसरो लुगा नभएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने उनले बताए ।

सञ्चालनमा आएपछि २२ जना विभिन्न मनकारी व्यक्ति तथा संस्थाहरूले कपडा बैंकलाई न्यानो लुगा दिएका छन भने माघ २० गते सम्म २३० जना व्यक्तिहरूले करिब ५०० लुगा, केही बेसहारा वृद्ध व्यक्तिहरूलाई कम्बल दिएको छ ।

यसको सेवा क्षेत्र बैतडी जिल्लाका १० वटै स्थानीय तहसम्म पुगाउने, घर अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पहिचान गरि न्यानो लुगा वितरण गर्ने र आउँदा दिनमा फुड बैंक समेत सञ्चालन गर्ने योजनामा रहेको उनले सुनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ