arrow

सुदूरमा केएमसीको निःशुल्क शिविर

डा सुनील शर्मा केएमसीको स्वास्थ्य टोली लिएर सुदूरपश्चिममा [फोटोफिचर]

बैतडीमा एक हजार ९४२ को उपचार, २३ गते मंगलबार दार्चुला, २४ गते बैतडीको पाटन, २५ गते डडेलधुराको थुरामा निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
sunil-sharma-baitadi-2080-1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा काठमाडौँ मेडिकल कलेज केएमसीको चिकित्सकीय टोली लिएर सुदूरपश्मिममा गएका छन् । सो क्रममा उनले आइतबार र सोमबार बैतडीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् ।

स्वास्थ्य निर्देशनालय डोटी र केदार संस्कृति संरक्षण समाज छोगडाकेदार बैतडीको आयोजनामा श्री केदार मावि दोगडाकेदार पिपलकोट बैतडी–दोगडाकेदार गाउँपालिका वडा नं ४ मा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ९४२ बिरामीको उपचार भएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

सो क्रममा १८७ जनाको ईसीजी गरिएको थियो । त्यस्तै ३२७ जनाको ल्याब परीक्षण, ३४७ जनाको अल्ट्रासाउन्ड गरिएको थियो भने ४९ जनाको दाँत खोलिएको थियो । 

साथै १०३ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । डा. शर्माका अनुसार शल्यक्रिया गर्ने सबै बिरामीलाई सतप्रतिशत छुट हुनेछ । 

कार्यक्रमको सभापतित्व केदार संरक्षण समाजका अध्यक्ष सुरेन्द्र भट्टले गरेका थिए । सो क्रममा सांसद शर्माले एक लाख रुपैयाँको अक्षयकोष घोषणा गरेका छन् । एसईईमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई निरन्तर पुरस्कृत गरिने पनि जनाएका छन् । 

डा. शर्माले केएमसी सम्हालेपछि समाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविरको आयोजना भइरहेको छ । 

सो क्रममा डा शर्माको टोली २३ गते मंगलबार दार्चुला, २४ गते बैतडीको पाटन, २५ गते डडेलधुराको थुरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनेछ ।
 

dr-sunil-sharma-kmc-baitadi (1).jpg
dr-sunil-sharma-kmc-baitadi (2).jpg
dr-sunil-sharma-kmc-baitadi (3).jpg
dr-sunil-sharma-kmc-baitadi (4).jpg
dr-sunil-sharma-kmc-baitadi (5).jpg
dr-sunil-sharma-kmc-baitadi (6).jpg
dr-sunil-sharma-kmc-baitadi (7).jpg
dr-sunil-sharma-kmc-baitadi (8).jpg
dr-sunil-sharma-kmc-baitadi (9).jpg
dr-sunil-sharma-kmc-baitadi (10).jpg
dr-sunil-sharma-kmc-baitadi (11).jpg
dr-sunil-sharma-kmc-baitadi (12).jpg
dr-sunil-sharma-kmc-baitadi (13).jpg
dr-sunil-sharma-kmc-baitadi (14).jpg
dr-sunil-sharma-kmc-baitadi (15).jpg
dr-sunil-sharma-kmc-baitadi (16).jpg
dr-sunil-sharma-kmc-baitadi (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ