arrow

नाबालिग करणी आराेपमा थापा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
min-bahadur-thapa-gorkgapolice.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको शहीदलखन गाउँपालिका वडा नं. ६ ज्यामीस्वाँराका ५५ वर्षीय मीनबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार थापाले माघ १९ गते शुक्रबार बिहान ११ः३० बजे १४ वर्षकी नाबालिगकालाई आफ्नै घरमा ललाइफकाई जबरजस्ती करणी गरेका थिए ।

नाबालिगमाथि करणी भएको भन्दै आमाले जाहेरी दिएपछि अभियक्त थापालाई माघ २१ गते आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाविरुद्ध आज जबरजस्ती करणी कसूर शीर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ