arrow

चार वर्ष पछि गुण्डानाइके पक्राउ

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Don.jpg.jpeg
काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके ज्ञानु दोङलाई बौद्धमा लुकेर बसेको अवस्थामा ललितपुर प्रहरीले पक्राउ गरेको छ।

ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीका अनुसार ललितपुरका धापाखेलमा झरुवारासीका श्रवणकुमार खड्कालाई २०६८ कार्तिक २२ गते साँझ गोली हानी हत्या गरेपछि फरार उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । खड्का ठमेलमा व्यापार गर्थे । 

खड्काको हत्या पछि फरार दोङ बौद्धमा आपराधिक क्रियाकलापमा संलग्न थिए ।  गरिरहेका उनी परेका हुन्। घटनामा सम्लग्न  काभ्रे नारायणस्थानका रोमत लामा, दिलबहादुर स्याङतान, आकाश तामाङ र  खड्गबहादुर तामाङलाई ललितपुर प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

उनीहरुलाई पक्राउ गर्दा प्रहरीले ४ वटा पेस्तोलसमेत बरामद गरेको थियो ।  दोङबाहेककालाई जिल्ला अदालत ललितपुरको १० वर्षको सजाय समेत सुनाइसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ