काठमाडौं। दक्डिण अफ्रिकी तेज गतीका बलरहरुको उल्लेखनिय बलिङका सामु अष्ट्रेलियन ब्याट्सम्यानहरु खेल्न नसक्दा अफ्रिकाले दोस्रो टेष्ट जितेको छ। एक पारी र ८० रनले अष्ट्रेलियालाई पराजित गर्दै अफ्रिकाले तीन खेलको श्रृखंला हात पारेको छ।
अष्ट्रेलियन कप्तान स्टिभ स्मिथले यो हारलाई लज्जास्पद भनेका छन्। अब आउने खेल अष्ट्रेलियन क्रिकेटको गर्वकालागि खेल्ने र खेललाई माथि उठाउने बताएका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ८५ रनमा समेटिएको थियो। अफ्रिकी तेज गतिका बलरहरु फिलाण्डर, एबोट र रबाडाका अगाडी अष्ट्रेलियन ब्याट्सम्यान निरिह देखिएका थिए। फिलाण्डरले ५ विकेट लिएका थिए भने एबोटले तीन विकेट हात पारेका थिए।
अष्ट्रेलिया ३२.५ ओभरमा समेटिएको थियो। उसकालागि कप्तान स्टेवन स्मिथले सार्वाधिक ४८ रन नट आउट बनाएका थिए। जो मेन्नीले १० रन बनाएका थिए भने उनी बाहेक कुनै ब्ायट्सम्यानले दोहोरो अमक छुन सकेनन्।
आफ्नो पहिलो पारीमा अफ्रिकाले ३२६ रन जोडेको थियो। उसकालागि विकेटकीपर ब्याट्सम्यान क्विण्टन डे'ककले १०४ रन बनाएका थिए। त्यसैगरि टेम्बा बवुमाले ७४ रन बनाएका थिए भने हासिम अमलाले ४७ रनको योगदान दिएका थिए।
अष्ट्रेलियाका जोश हेजलवुडले ६ विकेट लिएका थिए भने मिचेल स्टार्कले ३ विकेट हात पारेका थिए।
आफ्नो दोस्रो पारीमा ब्याटिङ गर्न ओर्लेको अष्ट्रेलिया १६१ रनमा समेटिएको थियो। अफ्रिकाका कायल एबोटले ६ तथा कगिसो रबाडाले ४ विकेट लिंदै अफ्रिकालाई बिजय गराएका थिए। अष्ट्रेलियाकालागि उसमान ख्वाजाले ६४ तथा डेविड वार्नरले ४५ रनको योगदान दिएका थिए। खेलका प्लेयर अफ म्याच कायल एबोट घोषित भएका थिए।
अष्ट्रेलियाको यो लगातार पाँचौं टेष्ट हार हो। अष्ट्रेलिाकालागि तेस्रो तथा अन्तिम टेष्ट नहार्नु एउा ठूलो चुनौती रहनेछ। आफ्नो घरमा अष्ट्रेलिया अहिलेसम्म 'व्हाईटवाश' भएको छैन्। यो रेकर्ड तोड्न नदिन अष्टरेलियाले हर प्रयास गर्ने छ।