- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसीसीले गठन गरेको सल्लाहकार समितिको पहिलो बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ ।
आइसीसीका प्रतिनिधिको रोहभरमा मंगलबार बसेको पहिलो बैठकले नेपाल क्रिकेटसँघका पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यवसायी वसन्त चौधरीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।
कार्यक्षेत्र फरक–फरक रहेकाले समितिको संयोजक दुईजना बनाउने निर्णय गरेको बैठकमा सहभागि राष्ट्रिय खेलकुद परिषदका प्रेस सल्लाकार रोहित दाहाले बताए ।
पाण्डेले विधान संशोधन, कार्यविधिको मस्यौदा एवं समीक्षालगायत विषयको जिम्मेवारी समाल्ने छन् भने, सरकारसँगको समन्वयको जिम्मावारी वसन्त चौधरीलाई दिइएको छ । बैठकमा आइसीसीबाट २ जना प्रतिनिधिहरु समेत सहभागि थिए । आइसीले छलफलका लागि अमर शेख र इमरान ख्वाजालाई पठाएको छ ।
यस्तै, समिति बैठकले सचिवमा पवन अग्रवाललाई मनोनित गरेको छ । अग्रवाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत हुन् । अग्रवाल यसअघि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको तदर्थ समितिको महासचिव पनि हुन् ।
समितिले आगामी वर्षको असार पहिलो सातासम्म विधान तयार गर्ने जनाइएको छ । गत असोजमा आइसीसीको निगरानीमा ६ सदस्यीय सल्लाकार समिति गठन भएको थियो । समितिको सदस्यमा खेलकुद मन्त्रालयका सह–सचिव चुडामणी पौडेल, पूर्व कार्यबाहक अध्यक्ष दीपक कोइराला र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिको रुपमा राखेप सल्लाकार रोहित दाहाल छन् ।