arrow

नेपाल बैंक असीऔँ वर्षमा

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
nepal-bank.jpeg
काठमाडौँ । मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८०औँ वर्षमा प्रवेश गरेको छ । 
 
देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ । 
 
चुक्ता पूँजी शेयर ५ अर्ब ४९ करोड रहेको उक्त बैंकको आज सम्मको पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बितेका तीन महिनामा सो बैंकले  १ अर्ब १६ करोड खुद मुनाफा कमाएको छ भने निक्षेप  ८६ अर्ब २२ करोड रहेको छ । उक्त बैंकले  ६६ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ