arrow

रेडक्रसले गर्‍यो वार्षिक समीक्षा, के–के गर्‍यो काम ?

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
Redcross.jpeg
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको वार्षिक समीक्षा वैठक गोदावरी ललितपुरमा हिजो सम्पन्न भएको छ । गत वर्ष गरिएका गतिविधिहरुको समीक्षा र आगामी वर्षहरुका लागि रणनीतिक गतिविधिहरुको तय गर्न वैठकको आयोजना गरिएको हो । 
 
समीक्षा बैठकमा आउने महत्वपूर्ण विषयहरु समग्र नेपाल रेडक्रसको लागि मार्गदर्शन हुने बताउँदै अध्यक्ष सञ्जीव थापाले भने ‘रक्तसञ्चारको पचासौं वर्षगाँठ मनाइनु, सरकारी निकायहरुसँगको सकारात्मक पहल हुनु तथा भूकम्प प्रभावितहरुलाई सहयोग गर्न सक्नु महत्वपूर्ण उपलव्धी हुन् । यी उपलव्धीहरुलाई संस्थागत गर्दै अझ अगाडि बढ्न नेपाल रेडक्रस सोसाइटी प्रयासरत रहनेछ ।’
 
संस्थाका चुनौती र अवसरहरु के के हुन र त्यसका समाधानका लागि के गर्ने भन्ने बारेमा रेडक्रसले हरेक वर्ष वार्षिक समीक्षा गर्दै आएको  नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाल बताए । रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीका नेपाल प्रमुख आन्दै पाकेटले भूकम्पको समयमा अझै नजिकै रहेर नेपालमा काम गरेको, द्वन्दका समयमा बेपत्ता पारिएका परिवारका लागि काम गरिरहेको जानकारी दिए । 
 
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनरले  समन्वय, प्रतिफलमुखी काम र जवाफदेहितामा जोड दिएको बताउँदै भूकम्प प्रतिकार्य कार्यक्रममा मार्फत् नेपाल रेडक्रसलाई सहयोग गरिरहेको बताए । 
 
कार्यक्रममा साझेदार राष्ट्रिय सोसाइटीहरुको तर्फबाट अमेिरकन रेडक्रसकी नेपाल कार्यालय प्रमुख लिला मुलुकुट्लाले असहज परिस्थितिमा पनि नेपाल रेडक्रसले आफ्ना दक्ष स्वयंसेवक मार्फत काम गर्दै आइरहेकोमा प्रशंसा गर्दै सबै साझेदार निकायवीचमा समन्वयात्मक रुपमा काम गरिरहेको बताए ।
  
समीक्षा वैठकले सस्ंथाको कानुनी हैसियत बढोत्तरीका लागि आवश्यक कार्य अगाडि बढाउने, सातौं पञ्चवर्षीय रणनीतिक विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, योजना, नीति र निर्देशिकाहरुलाई समायनाकुल अनुकुलन गनर्,े कर्मचारीहरुमा उत्प्रेरणा अभिबृद्धि गर्न कार्यसम्पादन पद्धतिलाई आवश्यकता अनुसार पुनरावलोकन गर्नेे, संस्थाका सबै तहहरुमा जवाफदेहिताको सुनिश्चिता गर्नेे, विपद् व्यवस्थापन स्रोत केन्द्रलाई साधन स्रोत सम्पन्न बनाई सञ्चालन गर्ने, आकस्मिक स्वास्थ्य सेवा तथा नसर्ने प्रकृतिका रोगहरुको रोकथाम एंवम प्रतिकार्र्यका लागि क्षमताको बिकास गर्ने विषयहरु सिफारिस गरेको छ । 
 
त्यस्तै आधारभूत सहयोग सेवालाई थप मजबुत बनाउने, भूकम्प पुनर्लाभलाई संस्थाका विकास कार्याक्रमहरुमा क्रमश मुलप्रवाहीकरण गर्न योेजना र समन्वय गर्नेे, शाखा एवम् उपशाखाहरुको क्षमता अभिबृद्धिका लागि थप कार्यक्रमहरुको विकास गरी कार्यान्वय गर्दै जाने, नेपाल रेडक्रस सोसाइटीको हालको संस्थागत संरचनालाई राज्यको पुनसंरचना अनुसार अनुकुलित गर्नका लागि आवश्यक अध्ययन प्रकृया अगाडि बढाउने जस्ता २३ बुँदै आगामी दिनमा अवलम्बन गर्नु पर्ने विषयहरु तय गरेको छ । 
 
वैठकमा रेडक्रसको अन्तर्रा्ष्ट्रिय समिति (आइसीआरसी), रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासङ्घ, साझेदार राष्ट्रिय सोसाइटीहरु, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ