गुल्मी । गुल्मीको कुर्घा गाविसमा रहेको धार्मिक तथा पर्यटकीय स्थल मालिकादेवी प्रचारप्रसार एंवम संरक्षण र प्रवद्र्धनका लागि दोस्रो मालिका महोत्सवको मुख्य आर्कषण प्यारागलाइडिङ्ग बनेको छ ।
“गुल्मीको शान कुर्घा, मालिका हाम्रो पहिचान” भन्ने मुल नारा सहित ४ दिन सम्म सञ्चालन भएको महोत्सवको अबसरमा प्यारागलाइडिङ्गको राम्रो सम्भावना भएकोले कुर्घालाई गुल्मीमै पहिलो पटक कुर्घाको टुडिखेलबाट ३ वटा प्यारागलाइडिङ्ग आकाशमा उड्नाले भावी दिनमा यसको उचित पचार–पसारले आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने सम्भावना बढेको छ ।
यस्तै धार्मिक तथा पर्यटकीय स्थल मालिकादेवीको शिरमाथि कुर्घाको टुडिखेलबाट प्यारागलाइडिङ्ग उडान क्षेत्रलाई फराकिलो बनाई अझ व्यवस्थित गरेर आउदा दिनमा प्यारागलाइडिङ्ग चढ्नेहरुको माग भएमा यसलाई आउँदा दिनमा निरन्तरता दिन सकिने प्यारागलाइडिङ्ग पहलकर्ता तथा समाजसेवी रविलाल पौडेलले जानकारी दिए ।
साथै दोश्रो मालिका महोत्सवमा कुर्घा समाज सेवा जापानका अध्यक्ष बुद्ध रायमाझी र समाजसेवी रविलाल पौडेलको सहयोग र सक्रियतामा ल्याइएको ४ वटा प्यारागलाइडिङ्गबाट महोत्सव अवधिभरमा ३ जना मानिसहरु पहिलो पटक प्यारागलाइडिङ्गमा चढेर आकाशमा उडेर प्यारागलाइडिङ्ग मार्फत उडेर कुर्घा स्वाँराको होमस्टे र मालिकादेवी लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र लगायत विभिन्न ठाँउको दृश्यअवलोकन गर्दा निकै रमाइलोको अनुभव हुने प्यारागलाइडिङ्ग पहलकर्ता पौडेलले बताए ।
साथै पौडेलले भने गुल्मीमै पहिलो पटक प्यारागलाइडिङ्ग उडान सफल भएकोले अव प्रत्येक मालिका महोत्सवमा प्यारागलाइडिङ्गलाई निरन्तरता दिदै जाने र अन्य दिनहरुमा पनि निरन्तरता दिन आफूले प्रयास गर्ने बताए । यसरी कुर्घाबाट पहिलो पटक आकाशमा प्यारागलाइडिङ्ग उडेको देखेर यस क्षेत्रका स्थानीयबासिन्दाहरु घरको काम नै छोडेर आकाशमा उडेको प्यारागलाइडिङ्ग नजिकबाट नियाल्न अनि हेर्न र अबलोकन गर्न पाउदा निकै खुशी भएका छन् ।
यस्तै आफूले टेलिभिजनमा मात्र देखेको तर आफ्नै घर नजिकैबाट प्यारागलाइडिङ्ग मार्फत आकाशमा मानिसहरु उडेको देखेर आफूलाई निकै खुशी र अचम्म लागेको स्थानीय बृद्ध प्रविर गुरुङ्गले बताउनुभयो ।