arrow

कोल्टीमा पुग्ने नुन बिच बाटोमै मनोमानी बिक्री

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
bajuranun.jpeg
बाजुरा । बाजुरा जिल्लाका बिभिन्न बजारबाट अबैध रुपमा नुन बिक्री-बितरण भइरहेको पाइएको छ । जिल्लाका कोल्टी कवाडी डिपोका लागी टेन्डर आह्वन भई ठेकेदारले बिच बाटोमै ढुवानीको क्रममा नुन बिक्रि गरेका छन् । 
 
सदरमुकाम मार्तडीबाट कोल्टी र कवाडीको लागि लिएको नुन कार्तिक २७ गते शनिबार  मात्र बडिमालिका नगरपालिका ९ ढम्कनेमा ७ क्वीन्टल नुन विक्री गरिएको छ । नेपाल खाद्य संस्थानको मुल्यमा बिक्री वितरण गरेको स्थानियले बताएका छन् । स्थानिय व्यापारी प्रेम बहादुर रोकायासँग साझँपख कोही नभएको बेलामा बिक्री गरिएको बताइएको छ ।
स्थानिय व्यापारी रोकायाले भने चालक आफूबीचमा कुराकानी भएर बिक्री गरेको स्वीकार गरेका छन् । रोकायाले नुन बिक्री गर्ने चालकको नाम भने खुलाउन चाहेनन् ।
 
कोल्टी डिपोका लागि भनेर ढुवानी हुँदै गरेको अवस्थामा सदरमुकाम देखि ३ घण्टाको पैदल दुरीमा रहेको बडिमालिका-९, ढम्कनेमा बिक्री गरिएको छ । मार्तडी देखी कोल्टी कवाडीका लागि भनेर गएको नुन पाण्डुसैन कोल्टी बाधुका केही बजारमा बिक्रि हुने गरेको स्थानियको गुनासो गरेका छन् । गत शनिबार नुन पाण्डे ढुवानी सेवाको ट्रयाक्टरबाट बिक्री गरेको स्थानियले बताएका छन् । बाजुराका विभिन्न ठाउँका लागि टेण्डर प्रक्रिया भएर ढुवानी हुँदै आएको छ ।
 
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले जिल्लामा नुनको अभाव नभएकाले यसलाई ठूलो विषय नबनाउन आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुाराले पाण्डुसैनमा माग संकलन गरी बिक्री गर्न भनेका थियौ । तर मार्तडीमा नै विक्री भएको भए प्रक्रियामा जाने शाहीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ