arrow

संसदमा अब सांसद–मन्त्रीबीच सवाल जवाफ, कस्तो होला भिडन्त ?

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
samsadhall.jpeg

काठमाडौं । व्यवस्थापिका–संसद्मा अब जनताका प्रत्यक्ष सरोकारका विषयमा संसद्–मन्त्रीबीच प्रत्यक्ष सवाल जवाफ हुने भएको छ । सभामुख ओनसरी घर्तीको अध्यक्षतामा मंगलबार मुख्य दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको संयुक्त बैठकले सदन एवम् सरकारलाई जनताप्रति बढी उत्तरदायी बनाउन प्रश्न–उत्तरको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार जनताको प्रत्यक्ष सरोकारका विषयमा सांसदले लिखित रुपमा सदनमा प्रश्न राख्ने र त्यसपछि उक्त प्रश्न सम्बन्धित मन्त्रालयमा जाने नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।  । प्रश्नउत्तर कार्यक्रम प्रधानमन्त्रीसँग र मन्त्रीसँग सिधै गरिनेछ । यसका लागि प्रधानमन्त्रीसँग प्रत्येक महिनाको दोस्रो आइतबार र मन्त्रीसँग दोस्रो र चौथो बुधबार हुनेछ ।

उक्त प्रश्नको तयारीका साथ सम्बन्धित मन्त्री सदनमा आउने र सो विषयलाई प्रत्यक्ष रुपमा जनताले देख्ने र सुन्न पाउने गरी प्रत्यक्ष प्रसारणको व्यवस्था गरिने उनले बताए ।  त्यस दिन समितिको बैठक नराख्ने र बिहान ११ बजेदेखि नै सदन चलाउने तयारी गरिएको छ । साथै सवाल जवाफपछि मात्र अरू विषयमाथि छलफल हुनेछ ।

बैठकमा संसद्का समिति र सदनमा विचाराधीन विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाउने सम्बन्धमा छलफल भएको बताउँदै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले संविधान कार्यान्वयनसम्बन्धी विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिए ।

साथै बैठकले निर्वाचन ऐनदेखि संविधानले समयसीमाभित्र निर्माण गर्नुपर्ने सम्बन्धित विधेयकलाई शीघ्र अघि बढाइने निर्णय गरेको छ । सदन र समितिका बैठक जुध्ने गरेको र कोरम नपुुग्ने समस्याका बारेमा समेत छलफल भएको उनले बताए । बैठकले समितिका आन्तरिक र बाह्य भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन सभामुख र सचिवालयसँग समन्वय गरी कार्यविधि बनाउन समिति बनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ