arrow

[अपडेट] विश्वकप छनोटमा अर्जेन्टिना खेलमा फर्कियो, कोलम्बिया पराजित

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
argentina.jpeg
अर्जेन्टिना । विश्बकप छनोट फुटबलमा अर्जेन्टिना विजयी भएको छ । यसअघिको खेलमा ब्राजिलसंग उसकै मैदानमा पराजित भएपछि आलोचित बनेको अर्जेन्टिनाले बुधबार बिहान भएको खेलमा कोलम्बियालाई ३–० ले हरायो ।
 
घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउने क्रममा लिओनल मेसी, लुकास प्राटो र एन्जल डी मारियाले एक एक गोल गरे । 
 
The Barcelona forward whipped a stunning free-kick into the top right corner in the 16th minute of the first half
यो जितले पूर्व विश्वकप च्याम्पियन अर्जेन्टिनाले विश्वकपमा छनोट हुने आशालाई फराकिलो पारेको छ । 
 
The Colombia wall were powerless to to prevent the 29-year-old's (right) effort nestling into the top right corner
ब्राजिलसंगको हारपछि मेसीले टिम अंक तालिकामा तल गए पनि नबाहिरिएको भन्दै खेलाडीलाई उत्साही बनाउने काम गरेका थिए । 
 
Lucas Pratto rises above a Colombia defender to head past Opsina and double the home team's lead
विश्वकप छनोटको अर्जेन्टिनाको समूहका अन्य खेलमा बोलिभियाले पाराग्वेलाई १–० ले, इक्वेडरले भेनेजुएलालाई ३–० ले, चिलीले उरुग्वेलाई ३–१ ले हरायो । ब्राजिलले पेरुलाई २–० ले हराएको छ । ब्राजिलका लागि गाब्रियल जेसस र रेनाटो अगस्टोले एक एक गोल गरे । 
The Atletico Mineiro forward got on the end of a stunning cross from Messi at the far post to nod into the corner
 
१२ औं चरणको समाप्तिसम्म शीर्ष स्थानको ब्राजिलको २७ अंक भएको छ । उरुग्वे २३ अंकसहित दोस्रो, इक्वेडर २० अंकसहित तेस्रो, २० अंकबाटै चिली चौथो तथा १९ अंकबाट अर्जेन्टिना पाँचौं स्थानमा चढेको छ । 
 
Messi (2nd left) then forced his way into the area before sqauring to Angel Di Maria (3rd left) to smash into an empty net
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ