arrow

जलजला रोल्पा धार्मिक महोत्सवको रकम सार्वजनिक

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर १ बुधबार
jaljalas.jpeg
लिबाङ (रोल्पा) ।  करिव एक वर्ष सम्म निकै चर्चाको विषय बनेको जलजला रोल्पा धार्मिक महोत्सव २०७२ को आय ब्यय विवरण मंगलबार एक समारोहका वीच सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको र  धार्मिक महोत्सव मूल समारोह समितिका अध्यक्ष बालकृष्ण सुवेदीको उपस्थितिमा कृष्णप्रसाद न्यौपानेले आय ब्यय प्रस्तुत गरेका हुन् ।
 
 न्यौपानेले धार्मिक महोत्सवबाट २ करोड २८ लाख ८७ हजार ३ सय २८ रुपैयाँ संकलन भएको साथै  २० लाख ६ हजार ११ रुपैया संकलन गर्न बाँकी रहेको र ६२ लाख ९८ हजार ६ सय ५५ रुपैयाँ खर्च भएको जानकारी दिए ।
 
कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य फबिन्द्र आचार्य क्षितिजले हिमानी ट्रस्टबाट सहयोग बापत आउनु पर्ने रकम नआइसकेको हुँदा आय ब्यय बिबरण सार्वजनिकमा करिव १ वर्ष ढिला भएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ