arrow

विश्वकप छनोट फुटबलमा ब्राजिलको दबदबा कायमै, पेरु स्तव्ध

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
win-brazill--aa.jpeg

काठमाडौं । विश्वकप छनोट फुटबलमा ब्राजिलले अर्को जीत हात पारेको छ । वुधबार बिहान भएको खेलमा पेरुलाई २–० गोलले पराजित गर्दै ब्राजिलले आफ्नो दबदबा कायमै राखेको छ ।

ब्राजिलका जिताउन गाब्रिएल जेसस र रिनाटो अगस्टोले समान एक–एक गोल गरे । मुख्य फरवार्ड नेमारले भने गोल गर्न सकेनन् । अघिल्लो खेलमा नायक बनेका नेयमार यो खेलमा भने चम्केनन्। उनले गोल गर्ने थुपै अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

यसअघिको खेलमा ब्राजिलले चिरपरिचित मुख्य प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ३–० गोलले पराजित गरेको थियो ।  यो  जितसँगै ब्राजिलले अंक तालिका शीर्षतालाई थप बलियो बनाएको छ । १२ खेल खेलेको ब्राजिलको २७ भएको छ भने समान खेल खेलेको उरुग्वे २३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी समूहको छनोट खेलिरहेका १० मध्ये शीर्ष चारभित्र पर्ने टोलीहरु अर्को चरणमा पुग्ने छन् ।

Liverpool's Phillipe Coutinho is brought down by Pedro Aquino

Christian Cueva looked to have been fouled for a penalty in the first half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ