arrow

ईट्टा भट्टाको चिम्नी ढल्दा ६ मज्दुरको मृत्यु

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
map-etahari.jpg.jpeg

सुनसरी । इटहरी उपमहानरपालिका–१६ एकम्बास्थित न्यू जय नेपाल इँटाभट्टाको चिम्नी  ढल्दा ६ मजदूरको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरूष र एक महिला छन् । मृतक सग्दाम हुसेन, सलुन मियाँ र राहुल मियाँको मात्र सनाखत भएको र अन्यको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए ।

घटनामा ६०  बढी घाइते भएको र एक्स्काभेटर प्रयोग गरी घाइतेको उद्धार भइरहेको रहेको  बताइएको छ । उद्धार गरिएकालाई उपचारका लागि बिपी कोइराला मेमोरियल अस्पताल र नोबेल मेडिकल कलेज विराटनगर लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ