arrow

पोखरा विश्वविद्यालयका ७६ सय ५१ विद्यार्थी दीक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
pokhara-university.jpg

पोखरा । पोखरा विश्वविद्यालयमा ७ हजार ६ सय ५१ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको १९औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।

सो अवसरमा १३ जना विद्यार्थी स्वर्णाङ्कित कुलपति पदकबाट विभूषित भए । विभूषित हुनेमा हेमन्त लामिछाने, विवेकबाबु लामिछाने, रोमहर्ष वली, गंगा गिरी, गरिमा श्रेष्ठ, कामना कटुवाल, मञ्जु पाण्डेय, समीर सुवेदी, सृष्टि भूर्तेल, सुभाष बुढाथोकी, आकृति थापा, सम्झना कार्की र वीनिता आचार्य छन् ।

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार स्नातकतर्फ सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णाङ्कित उपकुलपति पदक पाए । स्नातक तहका कार्यक्रमहरूमा बिसिएतर्फ सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णाङ्कित अक्सफोर्ड पदक प्राप्त गरे ।

विश्वविद्यालयको स्नातक तहका कार्यक्रमहरूमा सिजिपिए ३.७ वा सो भन्दा बढी अंक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा सिजिपिए ३.८ वा सोभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई डीन लिष्ट उपाधि प्रदान गरिने व्यवस्थाअन्तर्गत विभिन्न विधाका ६ सय ४६ विद्यार्थीले सो उपाधि प्राप्त गरे ।

स्नातक तह कम्प्युटर एप्लिकेसन कार्यक्रममा सबैभन्दा बढी अंक ल्याउने आस्था श्रेष्ठ गोल्ड मेडल र व्यवस्थापन संकायअन्तर्गत आंगिक महाविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर तहमा उच्च अंक प्राप्त गर्ने सृष्टि भूर्तेल लक्ष्मी विद्या पदकबाट विभूषित भइन् ।

पोखरास्थित विश्वविद्यालय परिसरमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री अशोक राईको उपस्थितिमा एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान् कोइरालाको प्रमुख आतिथ्यमा मंगलबार दीक्षान्त समारोह भएको हो ।

यसअघि, १८ औं दीक्षान्त समारोहसम्म ५५ हजार ५५ हजार ९ सय ७ जना दीक्षित भइसकेका छन् । पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ मा स्थापित पोखरा विश्वविद्यालयका ४ आंगिक महाविद्यालय छन् । विश्वविद्यालयमा १ सय ४५ स्थायी र ५२ करार शिक्षक र २ सय १२ कर्मचारी कार्यरत छन् ।

पोखरा विश्वविद्यालयमा ३ संयुक्त आंगिक र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमा ६४ कार्यक्रममा अहिले ३५ हजार २ सय ४० विद्यार्थी छन् ।

विश्वविद्यालयले गत सालबाट पोखरा-३०, खुदीमा १ सय शैयाको शिक्षण अस्पतालसमेत सञ्चालन गरेको छ ।

कार्यक्रममा वरिष्ठ मुटु शल्य चिकित्सक प्राडा भगवान् कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन र विश्वविद्यालयहरुमा गुणस्तर कायम गर्नका लागि योग्यता अनुरुप जिम्मेवारी दिइनुपर्ने सुझाव दिएका थिए। राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरुको गुणस्तर खस्किँदै  जाने हुंदा  बेलैमा साेच्नुपर्ने बताए ।

सोही अवसरमा विश्वविद्यालयका सह-कुलपति एवम् शिक्षामन्त्री अशोक राईले  विश्वविद्यालयका उत्पादनलाई रोजगारमा जोड्न सरकार शैक्षिक नीतिमै परिवर्तन गर्ने सोचमा रहेको उनले सुनाएका थिए । विश्वविद्यालयहरुलाई प्रतिस्पर्धी, प्रभावकारी र नमुना बनाउन प्राज्ञिक जनशक्तिलाई नै जिम्मा दिइनुपर्ने विचार उनको विचार थिए ।  

विश्वविद्यालयको १९ औं दीक्षान्तलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विद्यार्थीहरूले आफूले आर्जन गरेको ज्ञान र सीप देशको चौतर्फी विकास र आफ्नो सुन्दर र फलिभूत भविष्य निर्माण गर्न सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा वरिष्ठ मुटु शल्य चिकित्सक प्राडा भगवान् कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन र विश्वविद्यालयहरुमा गुणस्तर कायम गर्नका लागि योग्यता अनुरुप जिम्मेवारी दिइनुपर्ने सुझाव दिएका थिए। राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरुको गुणस्तर खस्किँदै  जाने हुंदा  बेलैमा साेच्नुपर्ने बताए ।

सोही अवसरमा विश्वविद्यालयका सह-कुलपति एवम् शिक्षामन्त्री अशोक राईले  विश्वविद्यालयका उत्पादनलाई रोजगारमा जोड्न सरकार शैक्षिक नीतिमै परिवर्तन गर्ने सोचमा रहेको उनले सुनाएका थिए । विश्वविद्यालयहरुलाई प्रतिस्पर्धी, प्रभावकारी र नमुना बनाउन प्राज्ञिक जनशक्तिलाई नै जिम्मा दिइनुपर्ने विचार उनको विचार थिए ।  

विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विद्यार्थीहरूले आफूले आर्जन गरेको ज्ञान र सीप देशको चौतर्फी विकास र आफ्नो सुन्दर र फलिभूत भविष्य निर्माण गर्न सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ