arrow

दाहालले राजीनामा दिन भनेपछि रोए गृहमन्त्री, ठुङ्न बाँकी राखेनन् कसैले

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
mao-meet-fnl.jpg.jpeg

काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको नाममा फर्जी  चीन भ्रमण गराएको विषयमा आत्मआलोचना गरेका छन् । एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको केन्द्रीय समिति बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितका नाममा फर्जी व्यक्तिलाई चीन पठाएको विषयमा लिखित रुपमा आत्मआलोचना गर्दै र आगामी दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाए ।

बैठक सुरु हुनेबित्तिकै अध्यक्ष पुष्पकमल दाहालले लिखित रुपमा आत्मआलोचना गर्न वा राजीनामा दिन मन्त्री बस्नेतलाई भनेका थिए । मन्त्री बस्नेत अध्यक्ष सामु निकै कोमल हुँदै निहुरीएका हुन् । यति सम्मकी उनका आँखाबाट आँशु खस्न मात्रै बाँकी थियो । मन्त्री बस्नेतले नागरिकसंग समेत माफी माग्ने बताए ।

गृहमन्त्री बस्नेतले आफ्नो ध्येय र जोड भूकम्प पीडित १४ जिल्लाका नागरिक, तल्लोस्तरका पार्टी कार्यकर्ता नै चीन भ्रमणमा जाउन भन्ने रहेको उल्लेख गर्दै नहुनुपर्ने गल्ती भइसकेको स्वीकारे । भूकम्पपीडितको कोटामा एमाओवादी अध्यक्ष दाहालका नातिनी र गृहमन्त्री बस्नेतका छोरी र भतिजीलगायत नजिकका आफन्त चीन भ्रमणमा पठाइएकामा उनको आफ्नै पार्टी भित्र चर्को आलोचना भएको थियो । कतिपय केन्द्रीय सदस्यले टाउकोमै ठुँङेका थिए ।

एमाओवादीको स्थायी समितिको बैठकमा समेत सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत र अमर्या्दित रहेको भन्दै चर्को आलोचना भएको थियो । काम नगर्ने र फर्जी काम गर्ने मन्त्रीलाई तत्काल फिर्ता बोलाउन पार्टी अध्यक्षलाई चर्को दबाब परेको थियो । कार्यशैलीलगायतका विषयमा गृहमन्त्री बस्नेतले आफ्नो धारणा राख्दै माफी मागेको र अब उपरान्त गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएको पार्टी प्रवक्ता दिनानाथ शर्माले बताए ।

आइतबारको केन्द्रीय समितिको बैठकमा नेता हेमराज भण्डारी, गङ्गाबहादुर कार्कीलगायतले एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कार्यशैलीले पार्टीको साख गिरेको भन्दै फिर्ता बोलाउनुपर्ने माग गरेका थिए  । सोही मागबमोजिम अध्यक्ष दाहालले चीन भ्रमण प्रकरण छानबिन गर्ने प्रतिबद्धता जनाए ।

सरकार सञ्चालन तथा समन्वय समितिका संयोजक एवम् उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीको कार्यशैली परम्परागत भएको, आफूखुसी गरेको भन्दै सो समिति भङ्ग गर्न माग गरे । मागबमोजिम सबै मन्त्रीलाई राखेर अध्यक्ष दाहालले पार्टीको निर्देशनभन्दा बाहिर गएर कुनै काम नगर्न, आफूखुसी निर्णय नगर्न तथा पार्टीको साख गिर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिए ।

बैठकमा उपाध्यक्ष श्रेष्ठ, सचिव गिरिराजमणि पोखरेल, नेता सन्तु दराईलगायतले धारणा राखे । मङ्सिर १५ गतेबाट सुरु भएको बैठक आगामी पुस ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा पार्टीका नेताले उठाएका विभिन्न प्रश्नको जवाफ दिने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव जोखबहादुर महराले जानकारी दिए । फाइल: तस्वीर

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ