arrow

अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप पुष ८ गतेदेखि

विजेता टिमले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Falgnanada-cup-press-meet-(5).jpeg
पाँचथर । अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवलको आठौं सस्करण यो वर्ष आगामी पुष ८ गतेदेखि शुरु हुने भएको छ । नेपालका १६ औं राष्ट्रिय बिभुती तथा किराँत धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिंदेनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पौष ८ गते १७ गते सम्म संचालन हुने भएको हो ।
 
फिदिम स्थित फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितालाइ पुर्वी पहाडी जिल्लामा सञ्चालन हुने खेलकुद प्रतियोगिता मध्ये सवैभन्दा ठुलो र सर्वाधिक पुरस्कार राशी भएको फुटवल भनिँदै आएको छ ।प्रतियोगितामा विजेता टिमले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार नगद सहित नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फिदिम स्पोटिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।
 
क्लवका महासचिव पासाङ तामाङले यो वर्षको फुटवलमा भुटान,सिक्किम र दार्जिलिङका अन्तराष्ट्रिय सहित नेपालका काठमाण्डौ, सुनसरी,मोरङ,झापा,इलाम,पाँचथर र ताप्लेजुङ गरी १० टिमले भाग लिने भएका छन । प्रतियोगिता सञ्चालन गर्न जिल्ला विकास समिति,फिदिम नगरपालिका सहित विभिन्न सस्था, वाइवाइ तयारी चाउचाउ, रुस्लान भोट्का र जिओनी मोवाइल लगायतका कम्पनीले सहयोग गर्ने क्लवका उपाध्यक्ष दिपेन्द थापाले वताए । क्लवले फुटवल प्रतियोगिता सञ्चालन गर्न फुटवल मैदानमा प्याराफिट निर्माण गर्ने तयारी थालेको छ । प्रतियोगितो लागि २८ लाख रुपैंया खर्च हुने आयोजकले जनाएको छ । 



नयाँ