arrow

बागलुङमा १३ करोड भन्दा बढि राजश्व संकलन

logo
नारायण रिजाल,
प्रकाशित २०७३ मंसिर २ बिहिबार
Baglung-hamrakura.jpg.jpeg
बागलुङ। बागलुङ मा आर्थिक वर्ष ०७२/०७३ मा १३ करोड २५ लाख ९९ हजार ६ सय १ रुपैया राजस्व संकलन  भएको छ । करदाता सेवा कार्यालय बागलुङको तथ्याङक अनुसार आर्थिक बर्ष ०७१।०७२ मा भन्दा करिब २ करोड बढि राजश्व संकलन भएको छ । कार्यालयमा आयकर तर्फ हालसम्म ४ हजार ९ सय करदाता दर्ता भएका छन भने अन्तशुल्क तर्फ ५ सय ४५ वटा दर्ता भएका करदाता सेवा कार्यालय, बागलुङका कर अधिकृत सुर्य प्रसाद चापागाईले बताए ।
 
चालु वर्षमा भने हामीले करिव १४ करोड ३४ लाख २८ हजार राजस्व उठाउने लक्ष्य लिएका छौ चापागाईले भने हाल सम्म मुल्य अभिवृद्धि कर खबत तर्फ ५ सय ४४ करदाता , आयकर तर्फ १ सय ७७ ,अन्तशुल्क तर्फ ३२ करदाता दर्ता र अभिवृद्धि कर तर्फ १९ करदाता दर्ता भएका छन । यस आ.वमा करदाता कार्यालय बागलुङले नगरपालिका भित्र र बाहिर सञ्चालित भइ दर्ता नभएका सम्पूर्ण व्यवसायहरुलाइ दर्ता भइ करको दायरामा ल्याउनका लागि समेत आग्रह गरेको चापागाईले बताए ।  
 
कार्यालयले दर्ता भएर पनि विवरण र कर दाखिल नगर्नेहरुलाइ कार्यालयले तोकिएको समयभित्र दाखिल गर्न समेत सम्पूर्ण व्यवसायीहरुलाइ आग्रह गरेको छ ।  साथै कर दिवसको अवसरमा करदाता सेवा कार्यालय बागलुङमा पहिला आउने दुईजना करदाता सम्मानित भएका छन । सम्मानित हुनेहरुमा सिवाइसी साकोसका कर्मचारी गोमादेवी चापागाई र रसाइली व्लक उद्योगका प्रोपाइटर केन्द्र रसाइलीलाई  गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ