arrow

ऋण प्रवाह अनियमिततामा प्रभु बैंकका नायब सीईओ न्यौपानेसहित ११ जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
cib-final.jpeg

काठमाडौं । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् । ऋण प्रवाहमा अनियमितता भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपाने र बैंकको पूर्व सीईओ तुलसीराम गौतमसहित ११ जना पक्राउ परेको सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् ।

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको डिजाइन र मिलेमतोमा सेन्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सीईओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिशन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । 

न्यौपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भन्जासमेत हुन् । न्यौपानेसहित चार जना प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट र पाँच जना कमलादी कार्यालयबाट तथा केहीलाई घरैमा पुगेर सीआईबीले पक्राउ गरेको हो । 

सीआइबीको प्रारम्भिक अध्ययनले न्यौपानेसहितका कर्मचारी दोषी देखिएपछि उनीहरुलाई एक साताको अध्ययनपछि पक्राउ गरिएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ