arrow

च्यारिटी फुटबलः नेपाल र जापानबीचको भिडन्त शनिबार, जापानी टिम नेपालमा

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
jpn-team.jpeg
काठमाडौं । नेपाल र जापानबीचको च्यारिटी फुटबल शनिबार हुँदैछ । सो फुटबल खेल्नका लागि जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ ।
 
१६ सदस्यीय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अभ्यास पनि गरेको छ । 
 
सन् २००२ को विश्वकपका टोली खेलाडी मिडफिल्डर काजुयिका टोडाको कप्तानीमा जापानी टोली नेपाल आएको हो ।
 
टोडाले नेपालको पछिल्लो सोलिडारिटी कपको उपाधि जितेको जानकारी पाएकाले शनिबारको खेल पनि निकै रोमाञ्चक हुने प्रतिक्रिया दिएका छन् । 
 
 
नेपालको राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच च्यारिटी खेल हुन लागेको हो ।
 
नेपाल र जापानको दौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र जापानको एनजीओ कलरबाथले मिलेर खेल आयोजना गरेको हो । 
 
खेलबाट जम्मा भएको रकम २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट बनेका पीडितका लािग खर्च गरिने जनाइएको छ ।



नयाँ