arrow

बैङ्करहरूको गिरफ्तारीबारे बोल्यो वित्तीय संस्था कर्मचारी सङ्घ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
padam-raj-regmi-president-fieun.jpg

काठमाडौँ। तत्कालीन सेन्चुरी बैङ्क ऋण अपचलनको आरोपमा ११ जना बैङ्करहरूलाई सीआईबीले नियन्त्रणमा लिएको विषयमा वित्तीय क्षेत्रका कर्मचारीहरूको सङ्गठन नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ (फियन) ले आपत्ति जनाएको छ।

शुक्रवार विज्ञप्ति जारी गर्दै फियनले बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले पदीय दायित्व पूरा गरेकै आधारमा दोषी करार गर्ने गरेको पाइएको भन्दै असन्तुष्टि जनाएको हो।

बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाह घरजग्गाको धितो लगायत नगद प्रवाह, परियोजना समेतको आधारमा हुने भन्दै सङ्घले नियामक निकायको नीति, निर्देशन, ऐन कानून विपरीत अनुचित कार्य भएको भए यस विषयमा पर्याप्त अनुसन्धान छानबिन गरेर कसुरको मात्राको आधारमा मात्र कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरेको हो।

सङ्घका अध्यक्ष पदमराज रेग्मीले दोषीउपर कानूनी कारबाही हुनुपर्ने विषयमा आफूहरूको विरोध नरहेको भन्दै एउटा ऋणको फाइलको प्रक्रियामा सहभागी भएका सबैलाई पक्राउ गर्ने कार्यले बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूको मनोबल गिर्ने बताए। उनले कर्मचारीको स्वाभिमान र ख्यातिको समेत ख्याल गर्दै उनीहरूका नदिन र भय रहित कार्य वातावरण सिर्जना गर्न सरकारसँग माग गरे।

फियनले पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने तथा कर्मचारीहरू विरुद्ध आक्रमणमा उत्रिने व्यक्ति तथा समूह उपर कारबाहीको माग समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ