arrow

भारु नोट सटही नहुँदा सास्ती

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
indian-currency-exchange.jpg.jpeg
पाल्पा। भारत सरकारले भारु एक हजार र पाँच सयको नोटको कारोबारमा रोक लगाएसँगै जिल्लाका सर्वसाधारणले सास्ती खेप्नु परेको छ । भारतमा सेना, प्रहरी, तथा अन्य काम गर्ने नेपालीले भारु नोट भित्र्याउने गरेका छन् । भारतमा काम गर्दैआएका मुझुङग– १ का बाबुराम दर्नाल दसैँमा ल्याएको भारु पाँच सय र एक हजारका नोट सटही गर्न नपाएको बताए । 
 
“पैसा भएर पनि नभएको जस्तो भएको छ,” उनले भने । भारु पाँच सय र एक हजारको नोट बोकेका अन्यको अवस्था पनि दर्नालको जस्तै छ । भारु साटन गाह्रो भएको छ । सबैभन्दा बढी मारमा बिरामी परेका छन् । जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका भारतीय नागरिक समेत मारमा परेका छन् । 
 
राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाका प्रबन्धक मित्रलाल नेपाली भारु नोट बैंकमा समेत नभएकाले सटही हुन नसक्ने बताउछन् । भारतले रोक लगाएसँगै नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले कात्तिक २५ गतेदेखि भारु नोटको कारोबारमा रोक लगाएको छ । भारु सटहीका लागि बैंक धाउनेहरु सटही नहुँदा फर्किने गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ