arrow

सांसद शर्माको केएमसीको टोली रोल्पामा, २८ सय बिरामीको निःशुल्क उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
kmc-rolpa-free-camp.jpg

रोल्पा । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले रोल्पामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजना र रोल्पा जिल्ला अस्पतालको सहआयोजनामा अस्पताल भवनमै स्वास्थ्य शिविर आयोजना भएको हो । 

फागुन २० र २१ गते गरी दुई दिन भएको स्वास्थ्य शिविरमा २७ सय ९५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १५३ जनाको ईसीजी, २१७ जनाको ल्याब परीक्षण, २७८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईको गरिएको थियो ।

त्यस्तै ६६ जनाको दाँत खोलिएको थियो भने २९४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

सात बिरामीको प्लास्टर गरिएको थियो । 

रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्तीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं सुशील कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनको प्रमुख आतिथि रहेका थिए । 

कार्यक्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, कांग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक निमा गिरी, रोल्पाका डीएसपी श्यामकुमार सारु मगर, रोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लोकरत्न ज्ञवाली, रोल्पा अस्पतालका अध्यक्ष शेरबहादुर थापा, कांग्रेस महासमिति सदस्य सन्दीप राना, रोल्पा नेविसंघ अध्यक्ष अनुपम जीसी तथा सांसद शर्माका स्वकीय विवेक लिम्बूले शुभकामना मन्तव्य राखेका थिए । 

केएमसीका प्रबन्धक दाहालले शिविर सम्बन्धी प्रकाश पारेका थिए । शल्यक्रियाका लागि रेफर गरिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उनले बताए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-rolpa-80-11-21 (1).jpg
kmc-rolpa-80-11-21 (2).jpg
kmc-rolpa-80-11-21 (3).jpg
kmc-rolpa-80-11-21 (4).jpg
kmc-rolpa-80-11-21 (5).jpg
kmc-rolpa-80-11-21 (6).jpg
kmc-rolpa-80-11-21 (7).jpg
kmc-rolpa-80-11-21 (8).jpg
kmc-rolpa-80-11-21 (9).jpg
kmc-rolpa-80-11-21 (10).jpg
kmc-rolpa-80-11-21 (11).jpg
kmc-rolpa-80-11-21 (12).jpg
kmc-rolpa-80-11-21 (13).jpg
kmc-rolpa-80-11-21 (14).jpg
kmc-rolpa-80-11-21 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ