arrow

नेपालगञ्जबाट १०३ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० फागुन २२ मंगलबार
brown-sugar-arrest-11022.jpeg

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो साढे १२ बजे जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज १६ चौलिका चोकबाट १०३ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो । 

विशेष सूचनाका आधारमा रुपइडिहाबाट नेपालगञ्जतर्फ यूपी ३२ डी।के ६७५१ नम्बरको भारतीय जीपमा ठूलो परिमाणमा ब्राउनसुगर आउँदै गरेको जानकारी पाएको बाँके प्रहरीले बाटोमै घेरा हालेर जीपलाई नियन्त्रणमा लिएर जाँच गर्दा १०३ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

उक्त जीपमा सवार भारतको बहराइच सलारगन्ज घर भएका २१ वर्षीय  इरफान कुरेसीबाट ८०।७० ग्राम र सोही ठाँउका १७ वर्षीय  रिजवान कुरेसीको साथबाट २२.६० ग्राम बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुसहित ब्राउनसुगर र  जीपलाईसमेत नियन्त्रणमा लिएर जिल्ला लागूऔषध कसूरमा थप अनुसन्धान गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । लागुऔषध बरामद अभियानमा बाँकेका एसपी सुवासचन्द्र बोहरा आएदेखिको यो पहिलो ठूलो सफलता हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ