arrow

नेपाल र जापानबीचको फुटबलः कोजी दुवै टिमका प्रशिक्षक

logo
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
japannepal.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र जापानको टिमबीच शनिबार दिउँसो च्यारिटी फुटबल खेल हुँदै गर्दा एउटा समानता छ । त्यो समानता हो अहिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजु । कोजु जापानको फुटबल टिम पनि हेर्थे । उनले प्रशिक्षण दिएका खेलाडीहरु अहिले नेपालमा च्यारिटी खेल खेल्न आएका हुन् । नेपाली टिमको प्रशिक्षण त अहिले कोजीले त्यसै पनि हेरिरहेका छन् । 
 
सन् २००२ को विश्वकप खेलेका जापानी टिमका सदस्य मिडफिल्डर काजुयुकी टोडा यतिबेला जापानी टिमको प्रशिक्षक बनेर आएका हुन् । उनी खेलाडी कम प्रशिक्षक भएर आएका हुन् नेपाल । टोडाले प्रिम्याच कन्फ्रेन्समा भने, ‘नेपालको खेल हेरेकाले उनीहरुलाई जित्न सकिने लागेको छ, मैले एएफसी सोलिडारिटी कप फुटबलमा बु्रनाइ र लाओससंगको खेल हेरेको थिएँ ।’ उनले भने, ‘मलाई एउटै अचम्म त के लागेको छ भने मैले मलाई कुनै समय एक पटक प्रशिक्षण दिएका जापानकै पूर्व प्रशिक्षक ग्योतोकी कोजुले नेपाललाई हेरेकाले आफूले पनि सक्दो राम्रो प्रदर्शन गर्नेछु ।’ 
 
जापानी टिमका कप्तान नोजावा योसुकेले पनि आफ्नो पूर्व प्रशिक्षकको विरुद्धमा मैदानमा उत्रन पाउनु आफ्ना लागि विशेष भएको प्रतिक्रिया जनाए । त्यसो त कोजी पनि आफ्नो अहिलेको टिममा भरोसा राख्छन् । भन्छन्, ‘नेपाली टिमले उपाधि जितेर फर्केको छ, टिम खुसीमा छ, त्यसैले जापानलाई पनि जित्नेछौं ।’
 
भूकम्प पीडितको सहयोगार्थ नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा नोल  र जापानी टिमबीच फुटबल हुन लागेको हो । खेल शनिबार दिउँसो २ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ ।



नयाँ