arrow

कञ्चनजंघा हिरक महोत्सव-२०७३ सफल पार्न मन्त्री गुरुङ्गको जोड

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
kanchanjanga-himal.jpeg
काठमाडौं। श्रम तथा रोजगारमन्त्री सुर्यमान गुरुङले कञ्चनजंघा हिरक महोत्सव –२०७३ लाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा मुल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त महोत्सव सफल रुपमा सम्पन्न पार्नको लागि आग्रह गरेका हुन् । उनले अघि थपे,‘पञ्चायत कालदेखि नै निषेधित क्षेत्रको रुपमा रहेको कञ्चनजंघा हिमाललाई मैले स्व.राजा वीरेन्द्रलाई सार्वजनिक रुपमै भनेर प्याकेजको रुपमा आरोहणको लागि ढोका खोलेको हुँ ।’
 
मन्त्री गरुङले विश्वको तेस्रो स्थानमा पर्ने हिमालको परिक्रमा गर्न कम्तिमा १० देखि १५ दिन लाग्ने बताउँदै आरोहरण गर्नको लागि असहज मात्रै नभएर यस हिमालको धेरै महत्व रहेको बताए । उनेले भने,“नेपाल र भारतको सिमाना छुट्याउँने जस्तो महत्वपूर्ण हिमाल कञ्चनजंघा हो, भारतको भूमिबाट आधा शिबिरसम्मको लागि अनुमति थियो, यताबाट हामीले प्रवेश गर्न पाउँदैन थियौँ, राजा वीरेन्द्रको पालामा प्याकेजमा आरोहण गर्नको लागि खुल्ला गरिएको हो ।” 
मन्त्री गुरुङले सगरमाथामा पर्यटक बढी भएर फोहोर भएको कुरा बाहिर आईरहेको उल्लेख गर्दै गुनासो पोखे,‘हामी ताप्लेजुङबासीले पर्यटक नपाउने, यस्तो फरक स्थितिलाई चिर्नको लागिपनि कञ्चनजंघालाई खुल्ला गर्नु आवश्यक थियो र गरिएको हो।’
 
उनले उक्त हिरक महोत्सवलाई सफल बनाउनको लागि सबै सम्बन्धित क्षेत्रका व्यक्तित्वहरु एक भएर लाग्नुपर्नेमा जोड दिँदै भने,‘मेरो बाहिर जाने योजना थियो तर यहि महोत्सवको लागि आज म रोकिएको छु, सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नु हुने कार्यक्रममा म पनि आउनेछु ।’ त्यस्तै कार्यक्रममा बलबहादुर तामाङले विश्वका १४ अग्ला हिमालमध्ये कञ्चनजंघा तेस्रो स्थानमा पर्ने हिमाल भएको बताउँदै यसको उचित प्रचार–प्रसार गर्नको लागि ब्रिटिश सर चाल्र्स ईभान्सको नेतृत्वमा सन् १९५५ मे २५ मा जो ब्राउन र जर्ज क्रिष्टोफर ब्याण्डले कञ्चनजंघा पहिलो पटक सफल आरोहरण गरेको ६० वर्षको अवसरमा यो हिरक महोत्सव गर्न लागेको जानकारी दिए ।
 
तामाङले भने,“यो कार्यक्रममा स्मारिका बनाउने कामको शिलन्यास हुनेछ, कञ्चनजंघा चढ्ने सबै ओरोहीलाई सम्मान गर्ने योजना पनि रहेको छ ।”
उक्त महोत्वसमा पर्वतारोहीलाई सम्मान गर्ने, सरसफाई गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, व्यापक मेला, साहसिक तथा मनोरञ्जनात्मक कार्यक्रम, कञ्चनजंघा हिमालको अवलोकन, वृत्त चित्र तथा तस्विर प्रदर्शनी, स्वास्थ्य शिविर लगायत कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ