arrow

नेपाल–जापान च्यारिटी फुटबल : नवयुगले गरे सुन्दर गाेल

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
Nepal-Vs-Japan-nnn-a.jpeg

काठमाडौं । नेपाल र फ्रेन्ड्स अफ जापानबीचको च्यारिटी फुटबलमा नेपाली स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भइरहेको खेलमा नवयुगले दोस्रो हाफपछि ५८औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।

बिमल घर्ती मगरले दिएको पासमा बिक्रम लामाले प्रहार गरे । जापानी टोलीका गोलरक्षकले बल रोकेपनि नियन्त्रणमा लिन सकेनन् ।

सोही मौकाको सदुपयोग गर्दै नवयुगले गोल गरिदिए । दोस्रो हाफ चलिरहँदा नेपालले जापानी टोलीविरुद्ध १–० को अग्रता लिएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको टोलीबीच खेल भएको हो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा आयोजित फुटबल प्रतियोगिताबाट संकलित रकम भूकम्प पीडितको सहयोगार्थ खर्च हुनेछ ।



नयाँ