arrow

बैंकिङ क्षेत्रको सात महिनाको नाफा ३८ अर्ब, १० वित्तीय संस्था घाटामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
banking-sector-AI.jpg
तस्बिर – एआई ।

काठमाडौँ । बैंकिङ क्षेत्रले एक महिनामा झण्डै सवा सात अर्ब नाफा बढाएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त (फाइनान्स) कम्पनी समेतले गरी यो नाफा कमाएका हुन् । 

हाल २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसमेत गरी ५४ बैंक तथा वित्तीय संस्था अस्तित्वमा छन् । ती संस्थाहरूले माघ मसान्तसम्म ३८ अर्ब १७ करोड रूपैयाँ आम्दानी गरेका छन् । 

पुस मसान्तसम्म यस्तो आम्दानी ३० अर्ब ८६ करोड रूपैयाँ रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा भने यो क्षेत्रले ४४ अर्ब ३७ करोड रूपैयाँ नाफा कमाएको थियो । यो तुलनामा अहिलेको नाफा १३.९९ प्रतिशतले कम हो । 

कुन क्षेत्रको अवस्था कस्तो ? 
वाणिज्य बैंकमध्ये सबै बैंकहरू नाफामा छन् । यो अवधिमा वाणिज्य बैंकहरूले ३५ अर्ब ४९ करोड नाफा कमाएका छन् । पुस मसान्तसम्म यो नाफा २८ अर्ब ७३ करोड रूपैयाँ थियो । 

माघ महिनामा मात्रै नाफा ६ अर्ब ७५ करोड रूपैयाँले बढेको हो । अघिल्लो वर्ष माघसम्म भने बैंकहरूले १० करोड रूपैयाँ नाफा कमाएका थिए । यो नाफा अघिल्लो वर्षको भन्दा १३.६६ प्रतिशतको गिरावट हो । यो अवधिमा तीनवटा वाणिज्य बैंकको मात्रै नाफा बढेको छ । त्यसरी नाफा बढ्ने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक र प्राइम कमर्शियल बैंक छन् । 


विकास बैंकहरूले २ अर्ब ५३ करोड रूपैयाँ नाफा कमाएका छन् । यसमध्ये १४ विकास बैंकले २ अर्ब ८५ करोड कमाउँदा ४ विकास बैंकहरू करिब ३२ करोड नोक्सानीमा छन् । यो अवधिमा राष्ट्रिय स्तरका सबै विकास बैंकहरू नाफामा छन् । यद्यपि कामना सेवा विकास बैंकबाहेक अरुको नाफा घटेको छ । 

प्रादेशिक स्तरका बैंकहरूमध्ये कर्णाली डेभलपमेन्ट बैंकको नाफा ४ करोड ६५ लाख, एक्सेल डेभलपमेन्ट बैंकको ४ रकेड ५० लाख, सिन्धु विकास बैंकको १ करोड ६८ लाख, ग्रीन डेभपलमेन्ट बैंकको नाफा १ करोड ६० लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १ करोड ७ लाख,  १८ करोड ६८ लाख रहेको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक १२ करोड १७ लाख, नारायणी डेभलपमेन्ट बैंक ३३ लाख र साल्पा डेभलपमेन्ट बैंक २८ लाख नोक्सानमा छन् । 

त्यस्तै १७ फाइनान्स कम्पनी भने यो अवधिमा जम्मा १४ करोड ८ लाख रूपैयाँ मात्रै नाफामा छन् । त्यसमध्ये ११ कम्पनीले ४६ करोड १६ लाख कमाइ गर्दा बाँकी ६ कम्पनीको नोक्सान ३२ करोड ८ लाख रूपैयाँ पुगेको छ । 

यो अवधिमा नाफा कमाउने फाइनान्स कम्पनीमध्ये गोर्खाज फाइनान्सको १२ करोड, मञ्जुश्री फाइनान्सको ११ करोड, आईसीएफसी फाइनान्सको ७ करोड १३ लाख, पोखरा फाइनान्सको २ करोड ८४ लाख, गुडविल फाइनान्सको २ करोड ६३ लाख, श्री इन्भेष्टमेन्टको २ करोड ४५ लाख, मल्टिप्रोपोज फाइनान्सको १ करोड ५२ लाख, बेष्ट फाइनान्सको ८० लाख तथा जानकी फाइनान्सको ७६ लाख रूपैयाँ नाफा छ । 

त्यस्तै खारेजीको प्रक्रियामा रहेका नेपाल शेयर मार्केट एण्ड फाइनान्सको २ करोड १ लाख तथा क्यापिटल मर्नेन्ट फाइनान्सको १ करोड ७३ लाख रूपैयाँ नाफा देखिएको छ । 

नोक्सानमा जाने कम्पनीमध्ये प्रोग्रेसिभ फाइनान्सको १३ करोड ५७ लाख, गुह्वेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीको ६ करोड ५८ लाख, रिलायन्स फाइनान्सको ४ करोड ६३ लाख, सेन्ट्रल फाइनान्सको ४ करोड १० लाख र समृद्धि फाइनान्सको नोक्सान ३ करोड १२ लाख रूपैयाँ छ ।
त्रैमासपछिका महिनामा किन बढ्छ नाफा ?
यो वर्ष माघमा मात्रै बैंकहरूले सवा ७ अर्ब नाफा कमाए । यो आधारमा हेर्दा ७ महिनामा ५० अर्ब भन्दा बढी नाफा हुनुपर्ने हो । त्रैमासिकमा जाँदा बैंकहरूको नाफा घटेको देखिन्छ । यसको कारण बैंकहरूको ब्याज भुक्तानी हो । 

बैंकले कर्मचारी खर्च, सञ्चालन खर्च लगायतका कार्यहरू हरेक महिना गर्छ । निक्षेपको ब्याज भने ३–३ महिनामा मात्रै भुक्तानी हुन्छ । ब्याजदर भुक्तानी गर्नु नपरेकोले यो अवधिमा बैंकहरूको नाफा बढी देखिन्छ । अहिले एनएफआरएस रिपोर्टिङ अनुसार निक्षेप वा कर्जा दुवैैको पाकेको ब्याजलाई आम्दानी वा खर्च दुवै रूपमा समावेश गर्नुपर्ने व्यवस्था छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ