arrow

गुल्मीमा सवारी दुर्घटना, चारको मृत्यु

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
gulmi-jpg.jpg.jpeg

तम्घास, गुल्मी । गुल्मीको हस्तिचौर गाविसमा गएराति भएको ट्राक्टर दुर्घटना परी चारजनाकोे मृत्युभएको छ । दुर्घटनामा परी मृत्युहुनेमा ट्राक्टर चालक हस्तिचौर गाविस– ६ का १९ वर्षीय वैकुण्ठबहादुर मुखिया, सोही गाविस– ३ निवासी ६५ वर्षीय तीर्थबहादुर खत्री, ५८ वर्षीय चन्द्रबहादुर कुँवर र २६ वर्षीयका जुद्ध मुखिया रहेको गुल्मी प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी एकजना घाइते बनेका छन् । घाइतेको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको बताइएको छ । सदरमुकाम तम्घासदेखि खुद्रा सामान बोकेर हस्तिचौरतर्फ जाँदै गरेको लु २ त ४८३१ नंको ट्राक्टर गएराति सोही गाविस– ३ स्थित कालाखोला भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको ट्राक्टर सडकबाट ५०० मिटर तल भिरमा खसेका कारण स्थानीयवासी र प्रहरीलाई उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ